काठमाडौं । लमजुङ बेसिशहर नगरपालिका ११ चिति रामचोककी ९ वर्षीया इन्सा वि.कलाई ब्लड क्यान्सर भएको छ । चार वर्षको उमेरदेखि ब्लड क्यान्सरकाे र एक वर्ष सन्चाे भएपनि पुनः क्यान्सर देखिएको परिवारले बताएकाे छ ।
उनकाे नेपालमा उपचार सम्भव नभएपछि हाल भारतमा रिफर गरिएको छ ।
उपचारका लागि ३० लाख बढी खर्च लाग्ने अस्पतालले बताएको बुबा किसान वि.कले बताएका छन् । आर्थिक अवस्था न्यून रहेका बुबा किसानले छोरीको उपचारका लागि सहयोगको अपिल समेत गरेका छन् ।
उनले भने, ‘गत वर्ष पनि छोरीको उपचारमा लाखौं रुपैयाँ खर्च भयो, ऋण गरेर उपचार गरे । तर अहिले पुनः १ वर्षपछि समस्या देखियो । उपचार नेपालमा सम्भव नभएपछि भारतमा रिफर गरिएको छ । मेरो छोरीलाई उपचारमा सहयोग गरी सम्पूर्णमा अपिल गर्दछु ।’
उनले भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइ रहेका थिए । अहिले बोनम्यारो पत्यारोपणका लागि भारतमा लगिएको बुबा किसानले बताए ।
इन्साको उपचारका लागि ग्लोबल आइएमई बैंकमा रहेको आमा रुपा वि.कको खाता नम्बर २४४०७०१०००१३७३ वा मोबाइल नम्बर ९७०३७०११२० मा सम्पर्क गर्न सक्नुहुनेछ ।