काठमाडौं । गोर्खाको चुमनुब्री गाउँपालिका-७ छेकम्पारमा ३३ वर्षे गोठालो जीवन बिताउने क्रममा ‘हेर्ने कथा’ले भेट्टाएका प्रकाश मोक्तानले नागरिकता प्रमाण पत्र पाएका छन् ।
भोजपुर षडानन्द नगरपालिका-१० छाप्लेगाउँ (साम्पाङ) स्थित उनको घरमै गएर नगरपालिकाका जनप्रतिनिधि र प्रशासनका अधिकारीले नेपाली नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।
षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदासले प्रकाशलाई नेपाली नागरिकता हस्तान्तरण गरे । वडा नम्बर १० का अध्यक्ष प्रेम दोर्जी शेर्पाको सिफारिसमा उनलाई इलाका प्रशासन कार्यालय दिङ्लाले नागरिकता दिएको हो ।
त्यसक्रममा प्रकाशको घरमा इलाका प्रशासन कार्यलय प्रमुख बिनोद ज्ञावली र षडानन्द नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईं पनि उपस्थित थिए ।