काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ किर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५८ हजार ८०० नेपाली रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । गत शुक्रवार भने प्रतितोला १ लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य बढिरहेको छ । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस २ हजार ६२२ दशमलव ३ डलरमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार नेपाली बजारमा आज चाँदीको मूल्य समेत बढेको छ । गत शुक्रवार १ हजार ९१५ मा कारोबार भएकोमा आज प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ९ सय २० रुपैयाँ कायम भएको छ ।