हाम्रो हेडलाइन संवाददाता
काठमाडौं । जिल्ला प्रहरीले कार्यालय नुवाकोटले पोखरा जाँदै गरेको माईक्रो हाइस दुर्घटना भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयले आफ्नो आधिकारीक फेसबुक पेजबाट लमजुङ जाँदै गरेको ग १ ख ४५३५ नम्बरको हाइस दुर्घटना भएको उल्लेख गरेको थियो ।
हाम्रो हेडलाइन डटकमसँग कुरा गर्दै नुवाकोट प्रहरी सूचना शाखाले पोखरा जाँदै गरेको हाइस दुर्घटना भएको जनाएको छ । काठमाडौंबाट टोखा छहरे बाटो भइ पोखरातर्फ जाँदै गरेको चालकसहित १८ जना सवार हाईस शिवपुरी–८स्थित बोहोरेखोला बाट अ. ३० मिटर तल खस्दा १२ जना (८पुरुष, ४ महिला) घाईते भएका छन् । घाइतेलाई उपचारको लागि काठमाडौं ल्याइएको छ । घाइतेमध्ये २ जना गम्भिर र १० जना सामान्य घाइते भएका छन् ।