रोएको छ गाउँ, सुनसान छ बाटो,
छानोमुनि उभिएको छ आँसुको घातो।
पहिले यहाँ हाँसो थियो, जीवनको स्वर,
आज सुनिन्छ केवल मौनता भर।
खेतका गह्रामा गुम्सिएको छ पीडा,
पाखामा बाँझो माटोले खोज्छ बिउको धन्दा।
घरका झ्याल-ढोकाले सोध्छन् प्रश्न,
“कहाँ छन् ती हात, जसले माटो सिंगार्थे यस्तै बखत?”
नेताका वाचा थिए, तर काम छैन,
राज्यले देखेन गाउँको घाउ र घाम छैन।
परदेशमा बेचिए ती जोसिला सपना,
गाउँको माटोमा बाँकी छ केवल आशुको कथा।
मलामी जान मान्छे पाउन गाह्रो छ,
आफ्नै गाउँ पराई जस्तो लाग्न थालेको छ।
तर गाउँ अझै मर्दैन, रोएर बाँच्छ,
सन्तानको प्रतीक्षामा हरदिन जागिरहन्छ।
फर्क, फर्क ती हराएका पाइला,
माटो तिम्रै हो, बनाऊ आफ्ना अंश थैला।
गाउँ रोकिन चाहन्छ, आँसु पुछ्न,
जीवनका बीज फेरि रोप्न।
गाउँको विलाप सुन्न सक्छौ भने,
फर्क अनि हरियो बनाऊ यो धरणी फेँद।
गाउँकै गर्वमा छ देशको उज्यालो,
फेरि गाउँ उठोस्, बनोस् सपना हराभरा राम्रो।
सुदिप वि.क
लमजुङ बेसिशहर–११