देश बनाउन योजना होइन, इमान चाहिन्छ,
ठूलो भीड होइन, एक-एकको योगदान चाहिन्छ।
हाम्रो हातमा छ, किन अर्कासँग आस गर्ने?
‘मिशन’ को नाममा किन वर्ष गन्ने?
आजैबाट गरौं भने, किन कुर्नु कालको घडी?
नयाँ बिहान ल्याउन, आजै निभाऔं धर्मको ड्युटी।
हाम्रा गाँस काटेर देशको ढुकुटी भर्नेहरू,
फेरि पनि कुर्सी खोज्दैछन्, खाली सपना देख्नेहरू।
८४ कि १००, के फरक पर्छ संख्याले?
जाग उठ्ने हो भने, आजैदेखि उठौं मनभित्रै।
नयाँ पुस्ता खोज्छ ईमान, शब्दमा होइन कर्ममा,
माटोमा पसिना बगाऔं, रहर होइन धर्ममा।
देश बनाउन ‘मिशन’ होइन, प्रतिबद्धता चाहिन्छ,
विचार होइन, साँचो परिवर्तनको यात्रा चाहिन्छ।
माटोलाई पूजा गरौं, श्रमलाई सम्मान गरौं,
आजैबाट थालौं, किन भविष्यमा कुर्न परोस्?
देश बनाउनेहरू खै त? अझै मिशन खोजिरहने?
सधैं संख्यामा अल्झिने कि सत्यलाई रोजिरहने?
८४ कि १००, कति वर्ष पर्खने फेरि?
सपना बुनिरहने कि उठ्ने अब हेरी?
सडकमा भाषण गरेर, मुलुक कहिल्यै बन्दैन,
आफ्नै घरको ऐना हेर, दोष अरूमा नखन्यौं।
हामी आफैं इमानदार भए, किन चाहियो नारा?
पद, पैसा, सौभाग्य भन्दा माथि राखौं देशको तारा।
राजनीति खेल्नेले देश बनाउलान् भनेर किन सोच्ने?
हामी आफैं सक्छौं, माटोलाई माया गर्न रोक्ने?
आजैबाट सुरु गरौं, किन पर्खने भोलि?
देश बन्नेछ जब श्रम र इमानदारीले हातेमालो गरी।
समय गन्ने होइन, काम गन्ने चलन बसालौं,
मिशन होइन, मनको जागरण उठालौं।
आजैबाट संकल्प गरौं, केही वर्ष होइन,
अब प्रत्येक दिन देशका लागि समर्पित होऔं!
✍️ सुदिप बि.क
लमजुङ बेसिशहर ११