काठमाडौं । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटिर १ रुपैयाँले मूल्य बढाएको छ। इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा ०.५८ ले बढेर आएसँगै नेपालमा मूल्य बढेको हो।
यस्तै डिजेलमा ३ रुपैयाँ ५९ पैसा घटेर आएको छ। निगम सञ्चालक समितिको निर्णय अनुसार ४ गते विहानदेखि लागूहुने गरी साविकको खुद्रा मूल्यमा प्रति लिटर पेट्रोलमा १ रुपैयाँले बढाएको र डिजेल / मट्टितेलमा ४ रुपैयाँले घटाएको जनाएको छ।
योसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६८ र डिजेल/मट्टितेल १५६ रुपैयाँ पुगेको छ।