गण्डकी प्रदेशको शिरमा बसेको छ,
हरियाली डाँडापाखा सुशोभित छ।
मर्स्याङ्दीको तरंगमा बग्दछ मुटु,
शिर उचाली उभिन्छ हिमालको छुटु।
राजाहरूको गाथा छ, दरबारका भित्तामा,
सोरठीको लय छ, ठाडोभाकाको मिठासमा।
घलेगाउँको आँगनमा नाच्छन् पाहुना,
भुजुङ्गका पाखामा गुञ्जन्छन् गाथा।
मिमे पोखरीको नीलो छायाँ,
दूधपोखरीको चिसो माया।
सूर्य उक्लिन्छ तार्वारको घाटी,
नरसिंहको छायाँमा हराउँछ पाटी।
राइनासकोट उक्लेर हेर्दा,
इतिहास फर्फराउँछ हावासँगै झर्दा।
माधवका कविता बोल्छन् पहराले,
हर्क गुरुङको सपना बोक्छ धरणीले।
लमजुङ त केवल जिल्ला होइन,
सपना हो, धरोहर हो, नेपालीको माया हो।
यहाँको माटोमा स्याहारिन्छ पहिचान,
मेरो देशको सुगन्धी गाउँ, मेरो स्वाभिमान!
पहाडको फेदमा फुल्छ लालीगुराँस,
हिमालको काखमा सुत्छ चन्द्रमास।
मर्स्याङ्दी पखाल्छ यो धर्तीको गल,
मायालु छ लमजुङ, सुगन्धी महल।
✍️ सुदिप बि.क