काठमाडौं । लमजुङ एक महिलाको विभत्स हत्या भएको अवस्थामा शव फेला परेको छ । बेसीशहर नगरपालिका–२ स्थित अस्थायी प्रहरी बिट भकुण्डे नजिकै घर भएकी ४७ बर्षीया सीता कडेँलको शव भेटिएको हो ।
कडेँलको मृत्यु केही दिन अगाडि नै भएको हुनसक्ने प्रहरीको आशङ्का छ । स्थानीयका अनुसार कडेँल घरमा एक्लै बस्दै आएकी थिइन् । उनका छोरा बुहारी अष्ट्रेलिया छन् । लामो समयदेखी आमासँग सम्पर्क नभएपछि उनका छोरा अभिनास कडेँलले छिमेकीलाई फोन सम्पर्क गरेर आमाको अवस्थाबारे सोधपुछ गरेका थिए ।
खोजीको क्रममा घर वरपर शवको गन्ध आएपछि स्थानीयले आइतबार दिउँसो सवा २ बजेतिर प्रहरीलाई खबर गरेका थिए । घरको ताला फोड्दा ओच्छ्यानको प्लाई भित्र त्रिपालले बेरिएको अवस्थामा कडेँलको शव फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।