काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दै छ। संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ः०० बजे बैठक बस्ने भएको हो।
आजको बैठकबाट केपी ओली नेतृत्वको सरकारले गत वैशाख १९ प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने भएको छ।
जसका लागि प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् भने आजैबाट सो नीति तथा कार्यक्रममाथि सांसदहरूले प्रस्तुत गरेको संशोधन र नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ हुने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।