काठमाडौं । काठमाडौँको नयाँ बासपार्कस्थित होटलमा एक पुरुष मृत भेटिएका छन्। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ३ घर भएका ४० वर्षीय विनोद खत्री आइतबार मृत भेटिएको प्रहरीले जानकारी दिएको छ।
काठमाडौँ महानगरपालिका २६ विरेन्द्र ऐश्वर्या मार्गस्थित सगरमाथा गेष्ट हाउसको २०१ नम्बर कोठामा उनी मृत भेटिएका हुन्। घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले बताए।