काठमाडौं । लमजुङ जिल्लाको ऐतिहासिक, धार्मिक एवं उत्कृष्ट पर्यटकीय गन्तव्य हो बराहपोखरी ताल । यो मस्र्याङ्दी गाउँपालिकाको भुलभुले र दोर्दी गाउँपालिकाको बन्सारको सिमानामा रहेको छ ।
उचित प्रचार–प्रसार र संरक्षण गर्न सके यहाँ लाखौँ पर्यटक भित्र्याउन सकिने प्रचुर सम्भावना रहेको छ । विशेषगरी यहाँ वैशाख पूर्णिमा र जनैपूर्णिममा धर्माम्वलम्बीहरु नुहाउन जाने गर्दछन् ।
तस्बिरः अनुज अधिकारी ।