कास्की । पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन । बुधबार पोखरा महानगरपालिका–२२ को विश्व शान्ति स्तुपाको पार्किङ भन्दा थोरै माथिको सडकमा ग१ख ३८८६ नम्बरको बस दुर्घटनामा परेको हो ।
वडा प्रहरी कार्यालय बैदामका डीएसपी सन्तोष निरौलाका अनुसार दुर्घटनामा ६ जना गम्भिर घाइते छन् । घाइते सबैलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको छ । ब्रेक फेल भएर बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । बसमा २६ जना सवार थिए ।