काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियारले सोमबार तत्कालीन कार्यकारी निर्देशक पौडेल, तत्कालीन सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर निर्देशक रामशरण गायक, लेखा अधिकृत निम बहादुर वली, म्याक्स इन्टरनेशनल प्रालिका सिइयो अकवर हुसेनविरुद्ध आरोपपत्र दायर गरेको हो ।
कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको भन्दै विशेष अदालत काठमाण्डुमा आरोपपत्र दायर गरिएको छ ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट आ.व०७५ ७६ मा विभिन्न उपकरण खरिदमा ५ करोड ७९ लाख बराबरको घोटला गरेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
उनीहरु सबैलाई जनही ५ करोड ७९ लाख विगो मागदावी गरिएको छ ।
गत २०८१को बैसाखमा नेसनल पेमेन्ट गेटवे खरिदमा भ्रष्टाचार भएको भन्दै विशेष अदालतले कार्यकारी निर्देशक सुनिल पौडेललाई दोषी ठहर गरेको थियो ।
उक्त आरोपमा सरकारका दुई जना सचिवसहित ९ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। एनआईटीसी अन्तर्गत खरिद भएको पेमेन्ट गेटवेमा संलग्नहरूमाथि २४ करोड रुपैयाँभन्दा बढीको बिगो दाबी गरिएको थियो।