काठमाडौं । नेकपा (एमाले)को कार्यक्रम र राजावादी समूहको प्रदर्शनलाई लक्षित गर्दै भृकुटीमण्डप तथा रत्नपार्क क्षेत्रको सुरक्षा व्यवस्था बिहानैदेखि कडा पारिएको छ। जनप्रदर्शनलाई शान्तिपूर्ण बनाउन सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने हवाई निगरानीका लागि ड्रोन प्रयोग गरिने पनि सुरक्षा निकायले जनाएको छ।
एमालेले भृकुटीमण्डपमा बिहान ११ बजे विशेष कार्यक्रमको आयोजना गर्दैछ। उता राप्रपासहित राजावादी समूहहरूले रत्नपार्क क्षेत्रमा प्रदर्शनको तयारी गरेका छन् । प्रशासनले उनीहरूलाई दिउँसो २:३० बजेपछि मात्र प्रदर्शन गर्न अनुमति दिएको छ।