काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक निष्कर्षविहीन भएको छ ।
प्रतिनिधिसभाको बैठकमा रहेको अवरोध हटाउन सभामुख घिमिरेले बुधबार दिउँसो लका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। छलफल निष्कर्षविहीन भएको हो।
बैठकमा विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न समिति गठन गर्नुपर्ने माग गरेका थिए। यता सत्तापक्ष भने समिति गठन गर्न तयार भएका छैनन्।