काठमाडौं । टोखामा लागूऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली प्रहार गरेको छ । मंगलबार दिउँसो ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध रहेको आशंकामा प्रहरीले पछ्याउने क्रममा गोली प्रहार गरी २ जनालाई पक्राउ गरिएको छ ।
लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिनका लागि गोली चलाइएको नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोका प्रमुख एसएसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
गोली प्रहारबाट दुवै जना घाइते भएका र उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैको पहिचान खुलाइएको छैन ।