काठमाडौं । लमजुङमा बोलेरो जिपमाथि ढुंगा खस्दा चालक घाइते भएका छन् । लमजुङको मस्याङ्दी–३ खहरे खोलास्थित मनाङबाट बेसिशहर आउँदै गरेको ग१ज ८०४१ नं को बोलेरो जिपमा माथिबाट ढुङ्गा खस्दा चालक घाइते भएका हुन् ।
चालक मस्याङ्दी –४ स्याङ्गे बस्ने ३२ वर्षीय सिंह राज गुरुङ रहेका छन् । उनलाई उपचारका लागि प्रदेश अस्पताल पठाइएको छ । जिपमा सवार अन्य तीनजना सुरक्षित रहेको प्रहरीले जनाएको छ।