काठमाडौं । बैंकिङ कसुर मुद्दाका तीन फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ३९ लाख ५० हजार बिगो मागदाबी भएका उनीहरुलाई प्रहरीले काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा काठमाडौ बुढानीलकण्ठका ४५ वर्षीया मुना खातुन श्रेष्ठ, भारत कोलकात्ताका ३८ वर्षीय मोहमद अली र सर्लाही ईश्वरपुराका ६५ वर्षीय अर्जुन थापालाई प्रहरीले पक्राउ गरेको हो ।
मुनामाथि १६ लाख, अलीमाथि ११ लाख र थापामाथि १२ लाख ५० हजार बराबरको बैंकिङ कसुर र चेक अनादर मुद्दा छ । फरार रहेका उनीहरु सबैलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ ।