काठमाडौं । लमजुङका एक महिलासहित दुई जना लागुऔषधसहित पक्राउ परेका छन् । भारतबाट कारमार्फत ठूलो मात्रामा लागुऔषध ल्याउँदै गरेका दुई जना युवायुवती झापाको भद्रपुरमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२६ का २४ वर्षीय निवेश कुँवर र लमजुङको क्व्होलासोथर गाउँपालिका–७ की २२ वर्षीया नोजिना रानामगर रहेका छन्।
आइतबार काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भद्रपुर नगरपालिका–५ स्थित भन्सारचोकमा भारतबाट नेपालतर्फ आइरहेको बा.प्र. ०१–०३० च ७७९३ नम्बरको नेटा कम्पनीको ब्लु रंगको कार जाँच गर्दा लागुऔषध फेला पारेको हो।
प्रहरीका अनुसार, कार चालक कुँवरले लागुऔषध ब्राउनसुगर कालो प्लास्टिकमा प्याक गरेर आफू बस्ने अगाडिको सिटमुनि लुकाएर ल्याएका थिए। उक्त लागुऔषध उनले सिटमाथि बसेर लुकाएका थिए।
प्रारम्भिक अनुसन्धानबाट उनीहरूले भारतको सीमावर्ती बजारबाट ब्राउन सुगर किनेर नेपाल ल्याउँदै गरेको प्रहरीको भनाइ छ। हाल पक्राउ परेका दुवै जनामाथि लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।