काठमाडौं । विराटनगरस्थित सेन्ट जोसेफ स्कुलले होटल म्यानेजमेन्ट शिक्षामार्फत व्यवहारिक सीप, उद्यमशीलता र समग्र व्यक्तित्व विकासमा जोड दिँदै गुणस्तरीय तथा व्यावसायिक शिक्षा प्रदान गरिरहेको छ। परम्परागत किताबी ज्ञानभन्दा फरक शैलीमा, व्यवहारमा आधारित शिक्षण पद्धति अवलम्बन गर्दै आएको यो स्कुल विद्यार्थी तथा अभिभावकबीच लोकप्रिय बन्दै गएको छ।
शिक्षा, शिप र संस्कारको सुदृढ संयोजनमा आधारित उक्त कार्यक्रमले आधुनिक शैक्षिक आवश्यकतालाई सम्बोधन गर्दै आएको छ। स्कुलका होटल म्यानेजमेन्ट विभाग प्रमुख सुरेन्द्र मण्डलका अनुसार, यो कोर्स व्यावसायिक भविष्य निर्माणको दृष्टिकोणले अत्यन्त सम्भावनायुक्त र व्यवहारिक रहेको छ।
मण्डल स्वयंले लन्डन तथा युकेका प्रतिष्ठित विश्वविद्यालयहरूबाट मास्टर डिग्री हासिल गरेका छन् भने अन्तर्राष्ट्रिय होटल क्षेत्रमा ६ वर्षभन्दा बढीको कार्यानुभव समेत बोकेका छन्। उनी भन्छन्, “होटल म्यानेजमेन्ट बहुआयामिक प्लेटफर्म हो, जसले विद्यार्थीलाई केवल जागिर खोज्न होइन, आफैं उद्यम गर्न सक्षम बनाउँछ।”
उनका अनुसार, यो कोर्सले विद्यार्थीमा आत्मविश्वास, नेतृत्व क्षमता, संयमता, रचनात्मक सोच र ग्राहक सेवा सीपको विकास गर्छ। साथै, होटल व्यवस्थापनसँग प्रत्यक्ष जोडिएका यात्रा, पर्यटन, खाना व्यवस्थापनजस्ता विविध पक्षले विद्यार्थीलाई बहुआयामिक दक्षता प्रदान गर्छ।
सेन्ट जोसेफ स्कुलको यो नवीन शिक्षण पद्धतिले विद्यार्थीलाई अन्तर्राष्ट्रिय रोजगारीका अवसरतर्फ समेत उन्मुख गराइरहेको छ। अन्तर्राष्ट्रिय स्तरमा होटल व्यवस्थापन क्षेत्रमा ६ वर्षभन्दा बढी समय कामको अनुभव हासिल गरेका मण्डलले नेपालमा नै यो क्षेत्रमा उच्च सम्भावना रहेको बताए। ‘होटल म्यानेजमेन्ट केवल अध्ययन गर्ने विषय मात्र होइन, जीवनमा आवश्यक पर्ने विभिन्न सीप सिकाउने बहुआयामिक प्लेटफर्म हो,’ मण्डल भन्छन्, ‘विदेशमा रोजगारीका प्रशस्त अवसर छन् भने नेपालमै पनि आफ्नै व्यवसाय सञ्चालन गर्न सकिने सम्भावना प्रचुर छ।’
उनका अनुसार, यो कोर्सले विद्यार्थीमा आत्मविश्वास, नेतृत्व क्षमता, व्यवहारिकता, संयमता र रचनात्मक सोचको विकास गराउँछ, जसको प्रभाव केवल पेशागत जीवनमा होइन, व्यक्तिगत जीवनमा पनि देखिन्छ। होटल म्यानेजमेन्टसँग यात्रा, पर्यटन, आतिथ्य सेवा, खाना व्यवस्थापन र ग्राहक सेवा जस्ता विषयहरू प्रत्यक्ष रूपमा जोडिएका हुन्छन्, जसले गर्दा विद्यार्थी बहुआयामिक दक्षता हासिल गर्न सक्षम हुन्छन्।