लमजुङ । मनसुनको जोखिम बढ्दै गएपछि बेसिशहर–चामे सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।
मनाङ र लमजुङ जिल्ला सुरक्षा समितिको संयुक्त निर्णय अनुसार असार २० गतेदेखि रातिको समयमा सवारीसाधन चलाउन नपाइने व्यवस्था गरिएको हो।
लगातारको वर्षाका कारण पहिरो, सडक भासिने तथा अन्य दुर्घटनाको सम्भावना बढेकाले रातिको समय सवारी आवागमन जोखिमपूर्ण हुने भन्दै रोक लगाइएको सुरक्षा समितिले जनाएको छ । प्राकृतिक विपद्को जोखिम न्यूनीकरण तथा यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न यो निर्णय गरिएको हो ।