काठमाडौं । चेक अनादर मुद्दामा फरार रहेका लमजुङका मनमोहन अधिकारीलाई पक्राउ गरिएकाे छ । अधिकारीलाई लमजुङ जिल्ला अदालतमा पेश गरिएको छ। जिल्ला अदालत लमजुङको आदेश अनुसार जिल्ला प्रहरी कार्यालयले खोजतलास जारी राख्दै आएका अधिकारीलाई गोरखा जिल्ला, पालुङटार क्षेत्रबाट पक्राउ गरिएको हो।
अधिकारीले चेकको बिगो रकम २७ लाख ३५ हजार रुपैयाँ र नियमानुसारको व्याजबिना फरार रहेका थिए। उनी लमजुङ, दुराडाँडा गाविस वडा नं. ८ (हाल ऐन सुन्दरबजार नगरपालिका–४) निवासी हुन्।
पक्राउपछि उनलाई लमजुङ जिल्ला अदालतमा पेश गरिएको र मुद्दा अनुसारको फैसला कार्यान्वयन गरिएको प्रहरी कार्यालयले जनाएको छ।