काठमाडौं । काठमाडौं टोखा नगरपालिका–६ ग्राण्डी सडक खण्डमा मंगलबार दिउँसो ईभी माइक्रोको ठक्करबाट पठाओ चालक २४ वर्षीय सोनाम योञ्जनको मृत्यु भएको छ। सर्लाहीका स्थायी बासिन्दा र हाल भक्तपुर थलीमा बसोबास गर्दै आएका योञ्जनको ग्राण्डी अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो।
उनको स्कुटरलाई बा.प्र–०१–००२ ज ७३७८ नम्बरको माइक्रोले ठक्कर दिएको थियो। मृतकका बुवा राजकुमार योञ्जनले घटना शंकास्पद भएको दाबी गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्। पीडित परिवारले शव बुझ्न अस्वीकार गरेका छन्।
सोनाम मलेसियाबाट फर्किएर एक वर्षदेखि पठाओमा काम गरिरहेका थिए। उनका नौ महिनाका एक छोरा छन्।