काठमाडौं । आइतबार सेयर बजारमा ४.४४ प्रतिशतको बृद्धि भएको छ । १११ अंकले बढ्दै नेप्से परिसूचक २६२३ अंकमा पुगेर कारोबार बन्द भएको छ ।
यसअघि कारोबार दिनमा सेयर बजारमा ६ प्रतिशतले कमि आएको थियो । बजारमा आएको गिरावटसँगै नेगेटिभ सर्किट लागेर कारोबार बन्द भएकोमा आइतबार भने १११ अंकले बजारमा बृद्धि भएको छ ।
आइतबार कुल ९ अर्ब १७ करोड रूपैयाँको कारोबार भएको छ । कुल २२४ वटा कम्पनीको बजार मूल्य बढ्दा २८ वटा कम्पनीको भने घटेको छ ।