काठमाडौं । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत् १९ वटा निर्णय सार्वजनिक गरेका हुन् ।
बैठकले राज्यकोषको लगानी रहेका प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थानका पदाधिकारी र कर्मचारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरूपता कायम गर्न पूर्वसचिव रामुप्रसाद डोटेलको संयोजकत्वमा गठन भएको सुझाव कार्यदलको कार्यावधि ४५ दिन थप गर्ने निर्णय गरेको छ ।
यस्तै, नेपाली सेनातर्फ २ जना प्रमुख सेनानीलाई महासेनानी पदमा बढुवा गर्ने, ९ जना महासेनानीलाई सहायक रथीमा बढुवा गर्ने र ३ जना सहायक रथीको सरुवा गर्ने निर्णय गरिएको छ ।
यी हुन् निर्णयहरू