काठमाडौं । रेशम चौधरी नेतृत्वको ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ता भएको छ।
यसअघि चौधरी पत्नी रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीका संरक्षक थिए। विवादका कारण उनले नयाँ पार्टी दर्ता गरेका हुन्।
नयाँ पार्टीको अध्यक्षमा कबीर सोप चयन भएका छन् भने रेशम चौधरी संरक्षकको भूमिका निभाउनेछन्। प्रमाणपत्र बुझ्न चौधरी, सोप लगायत आयोग पुगेका थिए।

