काठमाडौं । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि भिडन्तमा स्थान सुरक्षित गरेको हो ।
पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले १६ ओभर ४ बलमा ४ विकेट गुमाएर जित हासिल गर्यो ।
योसँगै लुम्बिनीले दोस्रो पटक एनपीएलको फाइनल यात्रा तय गरेको छ । लुम्बिनी दोस्रो संस्करणको विजेता टोलीसमेत हो ।
अर्कोतर्फ, सुदूरपश्चिमको भने लगातार तेस्रो संस्करणमा फाइनल पुग्ने प्रयास पहिलो क्वालिफायरमा रोकिएको छ । अघिल्ला दुवै संस्करणमा उपविजेता बनेको सुदूरपश्चिमसँग फाइनल पुग्ने अर्को अवसर भने बाँकी छ । उसले दोस्रो क्वालिफायर खेल्दै उपाधि भिडन्तमा स्थान बनाउन सक्नेछ ।

