काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीको नाम शुक्रबार बिहान सर्वसम्मत अनुमोदन भएको छ।
सुनुवाई समितिले बिहिबार र शुक्रबार गरी दुई दिनको सुनुवाइपछि कार्कीको नाम अनुमोदन गरेको हो। बिहीबार कार्ययोजना पेश गरेका कार्कीसँग शुक्रबार प्रश्नउत्तर भएको थियो। लगतै समितिले उनको नाम सर्वसम्मत अनुमोदन गरेको छ। अब राष्ट्रपतिले नियुक्त गरेपछि कार्की प्रधानन्यायाधीश हुनेछन्।