काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । उच्चस्तरीय राजनीतिक भेटघाटसहितका कार्यक्रमका लागि लू केहीबेर अघि काठमाडौं आइपुगेका हुन् ।
नेपाल बसाइँका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर समवेदना दिने कार्यक्रमसमेत छ । लू र नेपालका परराष्ट्रमन्त्री एनपी साउदबीच आजै दिउँसो भेटवार्ता हुँदैछ ।