काठमाडौं । अब भारतबाट नेपालमा चामल नभित्रिने भएकाे छ । भारतले चामल निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै नेपाल पनि यसबाट प्रभावित हुने भएकाे हाे ।
भारतले मोटा, जिरामसिना लगायतका चामल निर्यातमा रोक लगाएकाे छ । बिहीबार भारतको वाणिज्य तथा वैदेशिक व्यापार विभागले एक सूचना जारी गर्दै चामल निर्यात नगर्ने बताएकाे हाे । मनसुनका कारण धान उत्पादन कम भएका कारण खाद्यन्न अभाव हुनसक्ने भन्दै यस अवस्था सिर्जना हुनबाट रोक्न भारतले निर्यातमा राेक लगाएकाे हाे ।