काठमाडौं । प्रतिनिधिसभा बैठक भोलि दिउँसो सम्मका लागि स्थगित भएको छ। संसद् सचिवालयले सूचना टाँस गरी मंगलबार दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरेको जानकारी गराएको छ।
नेकपा एमालेले अवरुद्ध गरेको संसद् बैठक सुचारु गर्नका लागि सोमबार दुई चरणमा सभामुखसहित शीर्ष नेतृत्वबीच छलफल भएको थियो।
तर, छलफलमा सहमति जुट्न नसकेपछि बैठक सूचना टाँस गरी स्थगित गरिएको हो। सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक ४ बजे सम्मका लागि स्थगित भएको थियो। बैठक स्थगित गरेर दोस्रो चरणको छलफलमा जुटेका नेताहरूबीच पनि सहमति जुट्न नसकेको हो।