काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सय केजी सुन तस्करी प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाटै अनुसन्धान टुंग्याउन दिनुपर्ने भनाई राखेका छन्।
सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा श्रेष्ठले उक्त भनाई राखेका हुन्। श्रेष्ठले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा बनेको समितिले समेत सात हजारदेखि नौ हजार नौ सय केजी सुन आएको भनेको स्मरण पनि गराए।
श्रेष्ठले यसअघिको समितिले पनि ३३ केजीमध्ये एक तोला पनि सुन पत्ता लगाउन नसकेको समेत उनले बताए । उनले सीआईबीले गर्न सकेन भने मात्र त्यसपछि विकल्पमा जाने पनि स्पष्ट पारे