काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनील शर्मा पक्राउ परेका छन् । उनलाई गोल्फुटारस्थित आफ्नै निवासबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार पक्राउ गरेको हो ।
मोरङ ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद शर्मालाई भारतबाट प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बनाएको भेटिएपछि अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको हो ।
मेडिकल कलेजका सञ्चालकसमेत रहेका शर्माले सोही प्रमाणपत्रका आधारमा उनले एमबीबीएस अध्ययन गरेका थिए ।