काठमाडौं । काठमाडौं र भक्तपुरबाट ५२ लाख ७५ हजार रुपैयाँ नक्कली नोटसहित ९ जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।
प्रहरीले नागढुंगामा चेकजाँच गर्दा लुम्बिनीबाट बिहीबार काठमाडौं आउँदै गरेको लु १ प ५ नम्बरको हरियो नम्बर प्लेट भएको पर्यटक बसबाट ३५ लाख ७३ हजार रुपैयाँ बरामद गरेको हो ।
त्यसपछि सो बसका चालक र सहचालकलाई नियन्त्रणमा लिएर सोधुपुछ गर्दा बालाजु बसपार्क र भक्तपुरको बुढाथोकी गाउँबाट थप १७ लाख दुई हजार रुपैयाँ नक्कली नोट बरामद गरिएको परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।
सिन्धुपाल्चोकका अर्जुन सुवेदीको डेराबाट सो नक्कली नोट बरामद गरिएको थियो । प्रहरीले सो कोठाबाट कलर प्रिन्टर एक थान, कम्प्युटर एक थान, मोबाइल १२ थान र चार स्कुटरसमेत बरामद गरेको छ ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकका अर्जुन सुवेदी, सुशील कार्की, मिलन भण्डारी, शिव भण्डारी, कृष्ण भण्डारी, झापाका युवराज राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर आचार्य र नवलपरासीकी पार्वती नेपाली रहेका छन् । उनीहरुलाई मुद्रा कसुर अन्तरगत मुद्दा चलाउने पनि प्रहरीले जनाएको छ ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । मंगलबार राति १२ बजेदेखि…
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफूले पाउने जिम्मेवारी पार्टीको केन्द्रीय कमिटीले तय गर्ने…
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको राजीनामापछि प्रधानमन्त्री केपी शर्मा ओलीले…
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Tuesday, July 15
ताजा :
- पेट्रोलियम पदार्थको मूल्य घट्यो
- एमालेमा जिम्मेवारी केन्द्रीय कमिटीले तय गर्छ : पूर्वराष्ट्रपति भण्डारी
- गुप्ताको राजीनामापछि प्रधानमन्त्री ओली आजै नयाँ मन्त्री नियुक्त गर्ने तयारीमा
- नेप्से ३४ अंकले उकालो, कारोबार ९ अर्ब नाघ्यो
- सुदूरपश्चिम विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोड बजेट स्वीकृत
- ७८ लाख घुस प्रकरणमा मुछिएका मन्त्री राजकुमार गुप्ताको राजीनामा
- मुस्ताङको कोरला नाका पूर्ण सञ्चालनमा ल्याइने छः प्रधानमन्त्री
- ४२ जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह
- बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन समिति गठन
- मुग्लिन–पोखरा सडक (पूर्वी खण्ड)काे प्रगति८६ प्रतिशत मात्रै
५२ लाख भन्दा बढी नेपाली नक्कली नोटसहित राजधानीबाट ९ जना पक्राउ
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित