काठमाडौं । सप्तरीको विष्णुपुर गाउँपालिकाका दुई जना कर्मचारीलाई पाँच लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गाउँपालिकाका कम्प्युटर अपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादव छन् । वीरेन्द्रकुमारलाई दुई लाख रुपैयाँ रुपैयाँ र लेखापाल टेकनारायणलाई तीन लाख रुपैयाँको चेकसहित पक्राउ परेको अख्तियारले जनाएको छ ।
सोलार बत्ती जडानलगायतको योजनाको भुक्तानीबापत घुस लिएको आरोपमा उजुरी परेपछि इटहरीमा रहेको आयोगको कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । दुवै जनामाथि अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।