काठमाडौं । काठमाडौं महानगरपालिका वडाअध्यक्षको निधनमा शुक्रबारका लागि सार्वजनिक शोक विदाको घोषणा गरेको छ । निमोनियाका कारण वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको आज बिहान उपचारका क्रममा निधन भएपछि महानगरपालिकाले शुक्रबारका लागि शोकविदा दिने जनाएको छ ।
महानगरका प्रशासन विभाग प्रमुख दीपक अधिकारीका अनुसार महानगर अन्तर्गतका कार्यालयहरुमा शोक बिदा दिने निर्णय गरिएको हो । वडाअध्यक्ष रिजालको बिहीबार बिहान ग्रान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । भाइरलका कारण जटिल अवस्थामा पुगेका उनको मिर्गौलामा पनि समस्या आएपछि डाइलोसिस गरेर उपचार गरिएको चिकित्सकले जानकारी दिएका छन् ।