Author: हाम्राे हेडलाइन

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले मुलुकलाई अहिले अस्थिरतातर्फ उन्मुख भएको बताएका छन्। पार्टीको जिल्ला कार्यसमितिको बैठकमा सहभागी हुन शनिबार गोरखा आएका उनले पत्रकारहरूसँगको कुराकानीमा बृहत् शान्ति सम्झौता, भूराजनीतिक अवस्था, विद्यमान शासकीय स्वरूप र निर्वाचन प्रणालीले राष्ट्रिय सहमति खोजेको उनको भनाइ छ। समग्र राष्ट्रिय राजनीतिमा प्रमुख दलहरूको सहमति आवश्यक रहेको उनले बताए। प्रधानमन्त्री प्रचण्ड तथा कांग्रेसले पनि राष्ट्रपति पदका लागि राष्ट्रिय सहमतिको प्रस्ताव गरिरहेका बेला भट्टराईले पनि सोही एजेण्डामा जोड दिएका हुन्। उनले नेपाली राजनीतिमा अस्थिरताको संकेत देखिन थालेको तर्क गरे।

Read More

काठमाडौं । कलाकार एलिजा गौतम नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी छिन्। शनिबार बुटवलमा एक कार्यक्रमकाबीच नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)ले उनलाई पार्टी प्रवेश गराएकी हुन्। उनले उद्देश्य एकदमै राम्रो लागेकाले आफू सो पार्टीमा प्रवेश गरेको बताइन् । सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा गौतमले आफूले सानैदेखि समाजसेवा गर्दै आएको र त्यसलाई सहज ढंगले अघि बढाउन पनि सो पार्टीमा आफू आवद्ध हुन पुगेको पनि स्पष्ट पारिन्।

Read More

लमजुङ । प्रहरी हुँ भन्दै ‘नक्कली प्रहरी’ बनेर ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमजुङको मर्स्याङ्दी गाउँपालिका १, घनपोखराका ३५ वर्षीय जीवन गुरुङ छन् । गुरुङले सदरमुकाम बेंसीसहरमा कोठा भाडामा बस्दै आएका महिलाहरुसँग प्रहरी हुँ भन्दै प्रहरीमा परेका मुद्दा मिलाइदिने, सरकारी कार्यालयहरुमा जागिर लगाइदिन्छु भन्दै विश्वास दिलाएर मोटो रकम असुलेर सम्पर्कविहीन भएका थिए । सात लाख १७ हजार पाँच सय रुपैयाँ ठगी गरी हराएका गुरुङलाई प्रहरीमा उजुरीपछि पोखरामा लुकिछिपी रहेको अवस्थामा माघ १० गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रकाश श्रीमलले जानकारी दिए । गुरुङलाई जिल्ला अदालत लमजुङबाट ठगी कसुरमा मुद्दा चलाएर म्याद थप…

Read More

काठमाडौं । सर्वोच्च अदालतले सांसद पद नरहने आदेश दिएपछि रवि लामिछानेले आफू अहिले अनागरिक रहेको प्रतिक्रिया दिएका छन् । सर्वोच्च अदालतको फैसलापछि गृहमन्त्रालयबाट बाहिरिने क्रममा लामिछानेले आफूले सर्वोच्च अदालतको आदेशको स्वागत गर्ने पनि बताए । पत्रकारहरुको प्रश्नमा जवाफ दिँदै लामिछानेले भन्नुभयो ‘सर्वोच्च अदालतको आदेशको स्वागत गर्छु । मसँग अहिले कुनै जवाफ छैन । म कुनै देशको नागरिक रहेन । मसँग कुनै जवाफ छैन ।’ उनले अदालतको फैसलाको स्वागत गर्ने र स्वीकार गर्ने पनि बताए ।

Read More

काठमाडौं । सरकारको नेतृत्व लिएको नेकपा माओवादी केन्द्रले राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरेको छ । राष्ट्रपति एमालेलाई दिने सत्तारुढ दलहरुको सहमतिकाबीच माओवादी केन्द्रको शुक्रवार बसेको पार्टी स्थायी कमिटीले बैठकले त्यस्तो निर्णय गरेको हो । एमालेसहितका दलहरुसँग बसेर राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरिएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए । बैठकमा धेरैजसो नेताहरुले राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्नुपर्ने धारणा राखेकाले पार्टीले पनि त्यसै अनुसार अघि बढ्ने नीति लिएको उनको भनाइ थियो ।

Read More

काठमाडौं । सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर गरेको छ । अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै अदालतले रविले नेपाली नागरिकका रुपमा गरेका सबै कार्य अवैध हुने भनेको छ । संवैधानिक इजलासको यो फैसलासँगै रवि लामिछानेको मन्त्री तथा सांसद पद खारेज भएको छ । त्यस्तै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बन्न समेत अयोग्य भएका छन् । लामिछानेविरुद्ध अधिवक्ता रविराज बसौलाले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

Read More

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ। शुक्रबारको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्षको निर्वाचन माघ २३ गते सोमबार बिहान ११ बजेर ५९ मिनेटमा गर्ने गरी समय तोकेका हुन् । बैठकले निर्वाचन कार्यक्रम सार्वजनिक गर्न संघीय संसद्का महासचिव डा. भरतराज गौतमलाई निर्देशनसमेत दिएको छ । राष्ट्रिय सभाका तत्कालीन उपाध्यक्ष शशीकला दहालको कार्यकाल २०७८ फागुन २० गते सकिएपछि उक्त पद एक वर्षदेखि रिक्त छ । शुक्रबार तीन मिनेट ५४ सेकेण्ड मात्र बसेको बैठकले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा पठाएको छ । शिक्षामन्त्री शिशिर खनालले राखेको प्रस्तावलाई बैठकले…

Read More

काठमाडौं । स्वास्थ्य कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख अंगदबहादुर शाहीसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अभियोगपत्र दायर गरेको छ । अख्तियारले शाहीसहितका व्यक्तिले औषधी खरिदमा झुटा बिल बनाएर भ्रष्टाचार गरेको आरोप लगाएको छ । तत्कालीन प्रमुख शाहीसहित स्टोर प्रमुख गोविन्द खनाल र अहेव सिताराम चौधरीले मिलेमतोमा कार्यालयमा सामान नल्याएर फर्जी खरिद विल पेश गरेर भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ । उनीहरुविरुद्ध परेको उजुरीका आधारमा अनुसन्धान गर्दा मेडिकल सामग्रीहरु खरिद नै नगरेको पाइएको अख्तियारले जनाएको छ । ‘निजहरु कार्यालय प्रमुख शाही र स्टोर किपर खनालको उल्लिखित कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को…

Read More

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ विप्रेषण नियमावली जारी गरेको छ । यसअघि प्रचलनमा रहेको ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली २०६७’लाई खारेज गरेर ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली २०७९’ जारी गरिएको हो । राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० को उपदफा (२) र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी विनियमावली जारी गरेको राष्ट्र बैंकको भनाइ छ । विनियमावलीमा बैंक तथा वित्तीय संस्थाबाहेकका कम्पनीलाई इजाजत प्रदान गर्ने, बैंक तथा वित्तीय संस्थालाई इजाजत दिनेसम्बन्धीलगायतका विषयमा स्पष्ट गरिएको छ ।

Read More

एजेन्सी । अमेरिकी कम्पनी जेटप्याक एभिएसनद्वारा निर्मित ’स्पीडर’ नामक उड्ने मोटरसाइकलको बुकिङ खुला भएको छ । झण्डै ९ करोड रुपैयाँ शुरूवाती मूल्य राखिएको यस्तो मोटरसाइकल लगभग ९६ किमि प्रतिघण्टाको गतिमा ३० मिनेटसम्म उड्न सक्ने र २७२ किलोसम्म बोक्नसक्ने क्षमताका हुनेछन् । रिमोटबाट पनि चलाउन सकिने यी मोटरसाइकलहरूमा अहिले ४ वटा टर्बाइन छन् । अन्तिम उत्पादन बजारमा आउँदा टर्बाइनको संख्या ८ हुने बताइएको छ । लगभग ड्रोनजस्तै प्रविधिका हुने यी साधनको गएको सेप्टेम्बरमा अमेरिकामा आयोजित डेट्रोइट अटो शोमा पहिलोपटक जापानी उत्पादकले प्रदर्शन उडान गरेका थिए ।

Read More