काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले मुलुकलाई अहिले अस्थिरतातर्फ उन्मुख भएको बताएका छन्।
पार्टीको जिल्ला कार्यसमितिको बैठकमा सहभागी हुन शनिबार गोरखा आएका उनले पत्रकारहरूसँगको कुराकानीमा बृहत् शान्ति सम्झौता, भूराजनीतिक अवस्था, विद्यमान शासकीय स्वरूप र निर्वाचन प्रणालीले राष्ट्रिय सहमति खोजेको उनको भनाइ छ।
समग्र राष्ट्रिय राजनीतिमा प्रमुख दलहरूको सहमति आवश्यक रहेको उनले बताए। प्रधानमन्त्री प्रचण्ड तथा कांग्रेसले पनि राष्ट्रपति पदका लागि राष्ट्रिय सहमतिको प्रस्ताव गरिरहेका बेला भट्टराईले पनि सोही एजेण्डामा जोड दिएका हुन्।
उनले नेपाली राजनीतिमा अस्थिरताको संकेत देखिन थालेको तर्क गरे।