Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
रुकुमपश्चिम । बाँफिकोट गाउँपालिका–७ लिस्ने भित्री सडकखण्डमा भएको जिप दुर्घटनामा ७ जनाको मृत्यु भएको छ।…
काठमाडौं । प्रहरीले काठमाडौंको स्वयम्भूबाट स्रोत नखुलेको ६९ लाख ८५ हजारसहित एक जना नेपाली र…
काठमाडौँ । निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिएका १५ दलका कागजात अध्ययन…
काठमाडौं । पछिल्लो समय नेपालमा नगदरहित कारोबारको दायरा तीव्र गतिमा विस्तार भइरहेको छ। दैनिक उपभोग्य…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- रुकुमपश्चिममा जिप दुर्घटना, ७ जनाको मृत्यु
- स्वयम्भूबाट स्रोत नखुलेको ७० लाख रुपैयाँसहित दुई जना पक्राउ
- १५ नयाँ दल दर्ता प्रक्रियामा, आयोगले कागजात अध्ययन गर्दै
- डिजिटल कारोबारमा तीव्र वृद्धि : मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ८२ लाख नाघे
- माइतीघरमा जेन–जी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली : सामूहिक भाइटीका
- तिहारको मुख्य दिन: भाइटीका मनाइँदै
- निर्वाचन सम्पन्न गर्नु हामी सबैको दायित्व होः प्रधानमन्त्री
- भ्रष्टाचारीमाथि कारबाही नगरिए अर्को आन्दोलन गर्ने ‘जेनजी’को चेतावनी
- जेनजी आन्दोलनका घाइतेलाई भैपरी खर्चवापत् २० हजार सहयोग, ४८ लाख रुपैयाँ निकासा
- विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
Author: हाम्राे हेडलाइन
काठमाडौं । यूएईमा एक नेपालीलाई ८२ करोड रुपैयाँको चिठ्ठा परेको छ । अनलाइन पत्रिका खालिज टाइम्सका अनुसार फ्रेबुअरी ३ मा खोलिएको बिग टिकट लक्की राफल ड्रमा कतारमा कार्यरत रन्जितकुमार पालले २३ मिलियन दिराम (८२ करोड रुपैयाँ) जितेका छन् । प्रत्यक्ष प्रसारण गरिएको भाग्य चिट्ठामा उनलाई फोनमार्फत सम्पर्क गर्न खोजे पनि उनले फोन उठाएनन् । उनको बारेमा थप विवरण खुल्न बाँकी नै छ ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको एक युवा स्पोर्टस् क्लब नामक संस्थाको जग्गा व्यक्तिको नाममा गैरकानूनी तरिकाले कायम गरेको आरोपमा छ जनाविरुद्व भ्रष्टाचार मुद्दा दायर भएको छ । भूमि, सुधार तथा मालपोत कार्यालय, पर्साका तत्कालीन कार्यालय प्रमुख कमोद तिवारीसहित छजनाले साविक बेल्वा गाविस वडा नं. ८ कित्ता नं. २७० को बिगा ०–१–५–० जग्गाधनी युवा स्पोर्टस् क्लबको नाममा रहेको जग्गा शेष सफि अहमदको नाममा जग्गाधनी दर्ता श्रेस्ता कायम भएको सम्बन्धमा अनुसन्धानका लागि उजुरी परेको थियो । आयोगका प्रवक्ता श्यामप्रसाद घिमिरेले शुक्रबार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा तत्कालीन कार्यालय प्रमुख तिवारीसहित नायब सुब्बा शम्भु साह रौनियार र खरिदार शिवप्रकाश साह तेलीले गलत…
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तोकिएको रकममध्ये करिब तीन अर्ब फिर्ता हुने बताएका छन् । गत मङ्सिर ४ मा निर्वाचनको समीक्षाका क्रममा सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा उनले निर्वाचनलाई मितव्ययी र पारदर्शी बनाउन आयोगले विशेष सजगता अपनाएकाले तोकिएका सबै रकम खर्च नहुने भएको जनाए । उनले आसन्न राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन र राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा समेत खर्च गरेर बाँकी रकम फिर्ता गरिने बताए । नेपाल सरकारबाट उक्त निर्वाचनका लागि १० अर्ब विनियोजनमध्ये आठ अर्ब ४९ करोड ९९ लाख निकासा भएकाेमा हालसम्म छ अर्ब ५० करोड ४६ लाख खर्च भएको आयोगले जनाएको छ । …
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वमन्त्री घनश्याम भुसाल सडक दुर्घटनामा परेका छन्। शुक्रबार दिउँसो भुसालले चलाएको गाडी बानेश्वरस्थित डिभाइडरमा ठोक्किएको हो। गाडी ठोक्किएपछि उहाँ केहीबेर बेहोस भएका थिए तर अहिले अस्पतालमा उपचार भइरहेको छ, अवस्था सामान्य रहेको उनले बताएका छन् । भुसाललाई बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ। प्रहरीका अनुसार बिहान सवा १२ बजेतिर भुसालले चलाएको बा १६ च १३८४ नम्बरको गाडी अनियन्त्रित भएर डिभाइडरमा ठोक्किएको हो। गाडीको अगाडिको भागमा सामान्य क्षति भएको छ।
एजेन्सी । भारतको सर्वाेच्च अदालतले सिक्किमका नेपालीलाई ‘विदेशी मूलका आप्रवासी’ को संज्ञा दिएपछि व्यापक विरोध भएको छ। त्यसको विरोधमा सडकमा शान्तिपूर्ण प्रदर्शन भइरहेको भारतीय समाचारमाध्यमले जनाएका छन्। प्रदर्शनकारीले सर्वोच्च अदालतको व्याख्या सुधार्ने दिशामा तत्काल पहल लिन सिक्किम राज्य सरकारसँग माग गरेका छन्। सिक्किममा बसोवास गर्दै आएका पुराना बासिन्दाहरूको समूह (एओएसएस) ले आफूहरूले आयकरमा छुट पाउनुपर्ने विषयमा हालेको रिट निवेदनमा गत जनवरी १३ तारिखमा सुनुवाइ गर्दै भारतको सर्वोच्च अदालतले सिक्किमका नेपालीलाई ‘विदेशी मूलका बासिन्दा र आप्रवासी’ भनेर व्याख्या गरेको थियो। अदालतको यो व्याख्याको राजनीतिक तथा गैरराजनीतिक वृत्तमा आलोचना भएको छ। गान्तोकलगायतका क्षेत्रमा भएका विरोध ¥यालीमा विभिन्न राजनीतिक दलका नेता, सामाजिक अभियन्तासहित…
लमजुङ । लमजुङको पसगाउँमा १३ औँ पसगाउँ महोत्सव हुने भएको छ । समुद्री सतहदेखि १ हजार ६ सय ५० मिटरमा रहेको क्व्होलासोंथार गाउँपालिका वडा नं. ६, पसगाउँमा यही माघ २४ र २५ गते सो महोत्सव हुने भएको हो । यहाँ गुरुङ जातिको कला संस्कृति, भेषभूषा तथा भाषाको संरक्षण र संवर्द्धन गर्दै निम्नस्तर आय भएका जनताको आर्थिक एवम् सामाजिक जीवनस्तर उकास्ने अपेक्षाका साथ महोत्सव आयोजना गर्न लागिएको पसगाउँ सामुदायिक होमस्टेका अध्यक्ष बलराम गुरुङले बताए । गुरुङका अनुसार ग्रामीण पर्यटनको विस्तार गर्ने, लोक संस्कृतिको संरक्षण एवम् संवर्द्धन गर्ने, स्थानीय हस्तकला प्रर्दशनी गर्ने, पसगाउँलाई देश विदेशमा चिनाउने उद्देश्यले महोत्सवको सञ्चालन हुन लागेको छ…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको न्याय पाउनुपर्ने माग राख्दै एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् । जिल्ला प्रशासन कार्यालय जुम्लाको भवनअगाडि ‘रवि लामिछानेले न्याय पाउनुपर्छ’ भन्दै एक जनाले आत्मदाहको प्रयास गरेका हुन् । कोहलपुर घर भएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत गोकर्ण कार्कीले शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका हुन् । उनले पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेपछि प्रहरीले उनको उद्धार गरेको छ । प्रतिष्ठानमा ड्राइभर रहेका ४० वर्षीयका कार्कीले पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेको जुम्ला प्रहरीले जनाएको छ ।
काठमाडौं । बलात्कार आरोप लागेका सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशलाई बदर तथा थुनामै राखेर मुद्दा पुर्पक्ष गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ। नेपाल सरकारको तर्फबाट नायब महान्यायाधिवक्ताद्वारा दायर निवेदनमा उच्च अदालत पाटनको गत पुस २८ मा भएको आदेशमा प्रतिवादी लामिछानेलाई थुनामा राखी मुद्दा पुर्पक्ष गर्नुपर्ने उल्लेख छ लामिछानेलाई उच्च अदालत पाटनले सर्तसहित रु। २० लाख नगद धरौटी वा बैंक जमानत लिई तारेखमा राख्न आदेश दिएको थियो । निवेदनमा लामिछानेले प्रमाण नष्ट गर्न सक्ने पनि आशंका व्यक्त गरिएको छ।
काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको शेयर बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडको कार्यलय नारायणचौर, नक्सालमा शेयर बाँडफाँट गर्ने भएको हो । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण भएको छ । कम्पनीको आईपीओमा १४ लाख ७३ हजार ९६९ जना आवेदकहरुबाट १ करोड ६६ लाख ७० हजार ९९० कित्ता शेयरको लागि आवेदन परेको थियो । त्यस मध्ये ८ हजार २०६ आवेदकहरुको आवेदन रद्ध भएकोले १४ लाख ६५ हजार ७६३ जना योग्य आवेदकहरुमध्ये ८९ हजार ६४० जना आवेदकलाई ८ करोड…
काठमाडौं । सुनको भाउ तोलामा १३ सय रुपैयाँ बढेको छ । छापावाला सुनको मूल्य १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेको छ । योसँगै सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखेको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य समेत तोलामा १३ सय रुपैयाँले नै बढ्दै १ लाख ७ हजार रुपैयाँमा करोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा २५ रुपैयाँले बढ्दै आज प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
