Author: हाम्राे हेडलाइन

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार राति १२ बजेबाट लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा ३ रुपौया मूल्य बढाएको हो । निगमले मूल्य बढाएसँगै अब पेट्रोल १७८ रुपैयाँ, डिजेल र मट्टीतेल १७५ रुपैयाँ पर्नेछ । इन्डियन आयल कार्पोरेसनले पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ, डिजेलमा प्रतिलिटर ७.९८ रुपैयाँ, मट्टितेलमा ४।६१ रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर ७।८० रुपैयाँ मूल्य बढाएर सूची पठाएपछि नेपालमा पनि मूल्य बढाउनु परेको निगमले बताएको छ ।

Read More

काठमाडौं । माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको दुर्घटना बारेमा जाँचबुझ गर्न गठन भएको दुर्घटना जाँच आयोगले पहिलो रिपोर्ट सार्वजनिक गरेको छ। चालक दलका सदस्यसहित ७२ जनाले ज्यान गुमाएको उक्त दुर्घटनाको फ्‍लाइट डाटा रेकर्ड र ककपिट भ्वाइस डाटा रेकर्डहरुको विश्लेषण सार्वजनिक गरेको हो। सरकारले पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरेको नेतृत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको थियो। उक्त जहाजको दुवै इन्जिन प्रोपेलर फेदर किन गयो भनी प्राविधिक र मानवीय पक्षबारे थप अनुसन्धान अगाडि बढाइसकेको जाँच आयोगको प्रतिवेदनमा भनिएको छ। आयोगले अन्तिम प्रतिवेदन पेस गर्न समय लाग्ने बताएकको छ। जाँच आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेका अनुसार जहाज दुर्घटनाको मुख्य कारण इन्जिनमा…

Read More

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा झण्डै ६ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ। पुस सम्ममा ५ खर्ब ८५ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो। गत वर्षको यसै अवधिको तुलनामा रेमिट्यान्स २४.३ प्रतिशतले बढेको केन्द्रिय बैंकले जनाएको छ। गत वर्ष रेमिट्यान्स ५.० प्रतिशतले घटेको थियो । पुस एक महिनामा मात्रै १ खर्ब ४ अर्ब ९८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। अघिल्लो महिना १ खर्ब २ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा मासिक रुपमा पनि रेमिट्यान्स आप्रवाह बढ्दै गएको छ। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ६४.६ प्रतिशतले बढेर २ लाख ७५…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि छलफल अगाडि बढाएका छन् । यस क्रममा प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारबाट बाहिरिएपछि प्रचण्डले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न छलफल सुरु गरेका हुन् । रास्वपाले आइतबार मात्र सरकारबाट बाहिरिने निर्णय गरेको छ । यद्यपि, उसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

Read More

लमजुङ । बेसिशहर नगरपालिका-११ चिति तिलाहरमा ‘तेस्रो सेभेन ए साइड ’खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । फागुन १ गतेदेखि चिति युवा क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा प्रथमले नगद ७५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र, द्धितीयले नगद ४५ हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सेमि फाइनलमा प्रवेश दुवै टिमले नगद १० हजार प्राप्त गर्नेछन् । यस्तै सर्वाधिक गोलकर्ताले नगद २५ सय, ट्रफि, मेडल र प्रमाणपत्र, उत्कृष्ट खेलाडीले नगद २५ सय ट्रफि, मेडल र प्रमाणपत्र, उत्कष्ट गोल रक्षकले नगद २५ सय ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गर्नेछन् । प्रतियोगिताका लागि यहि माघ २९ गतेदेखि फागुन १…

Read More

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजनाबाट पीडित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरिसकेकामा आजदेखि सर्वसाधारणका लागि प्रतिकित्ता रु एक सय अङ्कित दरमा चार लाख १५ हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन(आइपीओ)को बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी रु ५० करोडको १० प्रतिशतले हुने रु पाँच करोड मूल्य बराबरको कूल पाँच लाख कित्ता साधारण शेयरमध्ये ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, २५ हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरेको र १० हजार कित्ता कर्मचारीलाई छुट्याई बाँकी चार लाख १५ हजार…

Read More

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध भएकी छन् । सोमबार बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष गणेश तिमल्सिनाले अर्याललाई निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । उपाध्यक्षका लागि तोकिएको मनोनयनको समयमा अर्यालको मात्रै उम्मेदवारी परेपछि उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको जनाइएको छ । राष्ट्रियसभा उपाध्यक्षमा नेपाली कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनले पनि अर्याललाई समर्थन गरेको थियो ।

Read More

एजेन्सी । टर्कीमा सोमबार बिहान शक्तिशाली भूकम्प गएको छ । दक्षिण–पूर्वी टर्कीको गाजियान्टापमा बिहान ४ बजेर १७ मिनेटमा शक्तिशाली भूकम्प गएको अमेरिकाको जियोलोजिकल सर्भेले जनाएको छ । सिरियासँगको सीमा नजिकै शक्तिशाली भूकम्पमा परी कम्तीमा १० जना नागरिकको मृत्यु भएको प्रारम्भिक विवरण आएको त्यहाँका स्थानीय अधिकारीहरूले बताएका छन् । भूकम्पको धक्का राजधानी अंकारासहित टर्कीका विभिन्न सहरहरूमा महसुस गरिएको छ । भूकम्पको धक्का सिरिया र लेबनानसम्म महसुस गरिएको बेलायती अखबार दि गार्डियनले जनाएको छ । शक्तिशाली भूकम्पपछि पराकम्पहरु आइनै रहेको त्यहाँका अधिकारीले बताएका छन् । भूकम्प आएसँगे त्यहाँका नागरिकहरु घर छाडेर सार्वजनिक ठाउँहरुमा शरण लिइरहेका छन् ।

Read More

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो। कम्पनीले माघ ९ गतेदेखि १२ गतेसम्म प्रतिशेयर १०० अंकित मूल्यका १७ लाख ४३ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो। सो आईपीओमा परेका कुल आवेदनमध्ये १२ लाख ९८ हजार ६९३ आवेदकबाट १ करोड ४४ लाख ४६ हजार ५६० कित्ताका लागि स्वीकृत आवेदन परेको थियो। सोमध्ये १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।

Read More

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन् । आइतबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा पार्टीका सभापति रवि लामिछानेले पार्टीबाट मन्त्री बनेकाहरुले आइतबार नै राजीनामा बुझाउने बताएका थिए । पार्टीको निर्णयअनुसार रास्वपाबाट मन्त्री बनेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर राजीनामा दिएका हुन् ।

Read More