Author: हाम्राे हेडलाइन

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० सालमा बैंक बिदाको सूची जारी गरेको छ। राष्ट्र बैंकले आज एक सूचना जारी २०८० सालमा बैंक बिदाको सूची सार्वजनिक गरेको हो। केन्द्रीय बैंकले सार्वजनिक गरेको बैंक बिदाको सूचीमा नयाँ वर्षदेखि मोहम्मद जयन्ती (नेपाली मुस्लिम धर्मावलम्बीहरुका लागि)सम्म कुल ४४ दिन परेका छन्। यसमा विभिन्न अवसर तथा पर्वका अवसरमा क्षेत्रगत हिसाबले दिइने बिदा पनि समावेश छन्। २०८० सालको दसैँमा ९ दिन बैंक बिदा दिइएको छ। जसमा घटस्थापना र बाँकी फूलपातीदेखि द्वादशीसम्म बिदा दिइएको छ। यसैगरी २०८० सालको तिहारमा ५ दिन बिदा दिइएको छ। तिहारमा लक्ष्मी पूजादेखि बिदा दिइएको छ। राष्ट्र बैंकले बिदाका किसिमलाई ‘क’ र ‘ख’…

Read More

काठमाडौं । एसिसी प्रिमियर कपको खेल तालिका सार्वजनिक भएको छ। एसियन क्रिकेट काउन्सिल (एसिसी) ले प्रतियोगिता वैशाख ५ देखि वैशाख १८ सम्म कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी मैदानमा हुने खेल तालिका सार्वजनिक गरेको हो। यसअघि वैशाख ११ मा प्रतियोगिता सुरु हुने भनिए पनि खेल तालिका हेरफेर भएको हो। जसमा नेपाल समूह ‘ए’ मा परेको छ। नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन्। समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्। नेपालले पहिलो खेल मलेसियासँग वैशाख ५ मा त्रिवि मैदानमा खेल्नेछ। यस्तै दोस्रो खेल ओमानसँग वैशाख ८ मा त्रिविमा, तेस्रो खेल मुलपानी मैदानमा साउदी अरेबियासँग वैशाख ११…

Read More

काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सरकारले सामुदायिक रेडियोको लागि छुट्टै कानून बनाउनुपर्ने बताएका छन् । बिहीवार सामुदायिक रेडियो प्रशारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उपमहासचिव गुरुङले व्यापक समावेशी लोकतन्त्रको सिद्धान्तमा टेकेर सरकारले सामुदायिक रेडियोको संरक्षणका लागि सञ्चार नीति बनाउनुपर्नेमा जोड दिए । उनले अहिलेको परिस्थितिअनुसार नीतिहरु निर्माण हुनुपर्ने बताउँदै कानून परिवेशअनुसारका कानून निर्माण गर्न आग्रह गरे । उनले नेपालको सञ्चार नीति बदलिँदो परिस्थितिअनुसार नरहेको बताए । उनले सञ्चारनीतिमा टेकेर सामुदायिक रेडियोको लागि मात्रै सरकारले कानून ल्याएमात्रै सामुदायिक रेडियोहरु व्यवस्थित हुनसक्ने बताए । उपमहासचिव गुरुङले सामुदायिक रेडियोलाई कसरी संरक्षण गर्ने भन्ने बारेमा राज्यको विशेष भूमिका…

Read More

एजेन्सी । भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई मानहानिको मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको छ। भारतको गुजरातस्थित सुरत जिल्ला अदालतले गान्धीलाई मानहानिको मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको हो।उनले सन् २०१९ मा एक राजनीतिक सभामा ‘किन सबै मोदी थर भएका व्यक्ति चोर हुन्छन् रु’ भन्ने अभिव्यक्ति दिएका थिए। सोही ४ वर्ष पुरानो आपराधिक मानहानीसम्बन्धी मुद्दामा अदालतले गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको छ। अदालतले गान्धीलाई यो सजायविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्न एक महिनाको समय पनि दिएको छ।

Read More

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री नडराएसम्म जनता डरबाट मुक्त हुन नसक्ने बताएका छन्।बिहीबार सामुदायिक रेडियो प्रशारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री डराउनुपर्ने बेला आएको बताएका हुन्। उनले प्रधानमन्त्रीले नागरिक तर्साउने कुरामा नलागी नागरिक र देश विकासका लागि कसरी अघि बढ्ने भन्ने सोच्नुपर्ने बताए। प्रधानमन्त्रीले एक्लै बस्दा डराउनुपर्ने स्थिति सिर्जना हुनु जनतामा नैराश्यता रहेको उनको भनाइ छ। महामन्त्री थापाले प्रधानमन्त्रीले आफूसँग पर्याप्त मत छ भनेर बस्ने छुट नरहेको बताए। उनले आफूले अहिलेसम्म जनतामा यस्तो किसिमको नैराश्यता नदेखेको भन्दै सरकारलाई काम नगर्ने छुट नरहेको बताए।

Read More

काठमाडौं । गोरखाको लार्केपास जाँदै गर्दा हिउँमा फसेका २ नेपालीको उद्धार गरिएको छ। दुईजना हिउँमा फसेको जानकारी आएपछि उनीहरूलाई स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले उद्धार गरेको हो। बुधबार लार्केपासका लागि हिँडेका नवलपुर कावासोतीका सौरभ खनाल र अनिता घलेलाई प्रहरीले बिहीबार (९चैत) बिहान उद्धार गरेको हो। जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेका अनुसार अहिले उनीहरूको उद्धार गरेर धर्मशाला भन्ने ठाउँमा राखिएको छ।

Read More

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक निर्माणमा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै अब हामीलाई पछाडि फर्कने छुट नभएको बताएका छन्। नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा राष्ट्रपति पौडेलले नेपाल समृद्ध बनाउनुपर्ने भन्दै मुलुकमा विकासको ठूलो सम्भावना रहेको र यसका लागि सबै मिलेर काम गर्नुपर्ने धारणा राखे। भेटमा राष्ट्रपति पौडेलले निर्माण व्यवसायीलाई निरुत्साहित हुन नदिनका लागि आफूले आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाए। नेपालका निर्माण व्यवसायीको समस्याबारे आफू जानकार रहेको स्पष्ट पार्दै उनले आफूले सक्ने जिम्मेवारी लिएर भरपर्दो काम गर्न व्यवसायीलाई सुझाव दिए। मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीको काँधमा रहेको उनको भनाइ छ।

Read More

काठमाडौं । वैदेशिक रोजगार विभाग, बुद्धनगर, काठमाडौंमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डेले ३० घुस लिएको आरोपमा मुद्दा दायर गरिएको छ। वैदेशिक रोजगार कसुरमा मिलापत्रपश्चात् रोक्का भएको बैंक खाता सञ्चालन गर्न सेवाग्राहीसँग घुस लिएको भन्दै उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो। उनले ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा यसअघि नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। उनले बैंक खाता फुकुवा गरिदिने तथा तारेख लगायत मुद्दासम्बन्धी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै उक्त रकम लिएको बताइएको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) खण्ड (ख) बमोजिमको कसुर गरेकोले पाण्डेलाई ३० हजार बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर…

Read More

काठमाडौं । तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिलाएको आरोपमा पाँच पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा कचनकवलगाउँपालिका–३ का ४७ वर्षीय कृष्णबहादुर कटवाल, बबरमहल घर भई भक्तपुर ठिमी बस्ने ७० वर्षीय न्युल्केस श्रेष्ठ, मोरङ सुन्दर हरैंचा–३ घर भई ललितपुरको धोबीघाट बस्ने ४९ वर्षीय हिरालाल शिवाकोटी, तनहुँको शुक्लागण्डकी–८ दुलेगौंडास्थित तिब्बती शरणार्थी क्याम्पमा बस्दै आएका २५ वर्षीय लोप्साङ थिन्ले र ललितपुरको गोदावरी नगरपालिका– ७ घर भएका ३० वर्षीय विजय लामा छन्। उनीहरू चैत ५ गते बबरमहलबाट पक्राउ परेका हुन्। उनीहरूकाे समूहले १० जना तिब्बतीलाई नेपाली नागरिकता दिलाइसकेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। लाइसेन्स र दर्ताबिना १० वर्षदेखि नै लेखापढी कानुनमा संलग्न कटवालले…

Read More

काठमाडौं । वान एक्स बेटमार्फत सट्टेबाजी गराउने ६ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखाले उनीहरूलाई सोमबार लोकन्थली, पेप्सीकोला, वानेश्वर क्षेत्रबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेहरूमा जुम्लाको चन्दननाथ नगरपालिका–६, खलंगा घर भइ हाल भक्तपुरको लोकन्थली बस्ने २३ वर्षीय दिलीपसिंह कठायत, सोही नगरपालिकाको वडा नं १० गैरीगाँउ घर भइ लोकन्थली बस्ने २३ वर्षीय भुपालराज न्यौपाने, वडा नं ५ तलिवाडा घर भइ भक्तपुरको गठ्ठाघर बस्ने १९ वर्षीय नयनराज भण्डारी रहेका छन् । त्यस्तै, सर्लाहीको बलरा नगरपालिका–५, घर भइ काठमाडौं–३२ बस्ने २८ वर्षीय वरुणकुमार सिंह, काठमाडौं–३२ बस्ने ३२ वर्षीय वासुदेव पाण्डे, काभ्रेपलाञ्चोकको मादनकुडारी गाउँपालिका–१ घर भइ बालुवाटार बस्ने २६…

Read More