Author: हाम्राे हेडलाइन

काठमाडौं । अब वैदेशिक रोजगारीमा रहेका श्रमिकले पेन्सनसहितको सुविधा पाउने भएका छन् । सामाजिक सुरक्षा कोषले बुधबारबाट योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यक्रम शुरु गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीका क्रममा इजरायलमा रहेकी मन्जु थपलियाका श्रीमान् गोपाल संग्रौलालाई सामाजिक सुरक्षाको परिचयपत्र दिएर कार्यक्रम शुरु गरेका हुन् । अब विदेशमा रहेका नेपाली कामदारले सामाजिक सुरक्षा कोषमा आबद्ध हुनको लागि आवेदन दिन पाउने बाटो खुल्ला भएको छ । सरकारले ‘वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि–०७९’ जारी गरिसकेको थियो । यसलाई कार्यान्वयनमा लगिएको कोषका अध्यक्षसमेत रहेका श्रम सचिव एकनारायण आर्यालले वताए…

Read More

काठमाडौं । दैलेखमा एलपी ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बुधबार बिहान पौने ९ बजे भे १ क २२०१ नम्बरको ट्रक दुर्घटनामा परेको हो। दुर्घटनामा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिए। नेपालगञ्जबाट दैलेखका जान लागेको उक्त ट्रक गुराँस गाउँपालिका-४ तालपोखरी नजिकको घुम्तीबाट खसेको हो। ट्रक माथिल्लो घुम्तीबाट खसेर तल्लो घुम्तीमा पुगेको छ। दुर्घटनामा परी बाँकेका अन्दाजी ३१ वर्षीय चालक कृष्ण चौधरी, कामदारहरू विष्णु चौधरी र लक्षिराम चौधरीको घटनास्थलमै मृत्यु भएको छ। सहचालक प्रकाश कुमाई भने सकुशल छन्।

Read More

काठमाडौं । काठमाडौं उपत्यकाको प्रमुख पर्व घोडेजात्राका अवसरमा नेपाली सेनाले टुँडिखेलमा घोडेजात्रा समारोह गरी घोडाका विभिन्न खेल कौशल प्रस्तुत गरेको छ । सैनिकहरुले घोडा दौडाएर विभिन्न खेल कौशल प्रस्तुत गरेको समारोहमा उत्कृष्ट प्रदर्शन गर्ने सैनिकलाई पुरस्कृत पनि गरिएको थियो । समारोहमा राइड पास, ब्यानर डिस्प्ले, टांगन घोडा दौड, चार्जर घोडा दौड, नेपाली सेना र गैर सैनिकको साइकल दौड, शो जम्प, क्याभली राइड, टेण्ट पेगिङ, क्रस टेन्ट पेगिङ लगायतका घोडचढी कला देखाइएको थियो । त्यस्तै लान्स हिट प्याक, लान्स सुइरो र क्रिज, स्वर्ड एण्ड वाटरमेलन, रेन फ्री जम्त तथा महिला सिक्स वार, भल्टिङ एण्ड एक्रोब्याटिक्स तथा हर्ष पिटी, म्युजिकल राइड, क्रस…

Read More

काठमाडौं । ८० करोडको लागतमा विस्तार गरिने गोर्खा र लमजुङ जोड्ने पन्थहिटी– साहिलटार सडकको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचन्ड) र उपप्रधान एवम् भौतिक, पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले शिलान्यास गरेका छन्। मंगलबार प्रधानमन्त्री प्रचण्ड र उपप्रधान एवम् भौतिक मन्त्री श्रेष्ठले गोरखा पुगेर उक्त सडक विस्तारको शिलान्यास गरे। सडक विस्तारको शिलान्यासपछि प्रधानमन्त्री प्रचण्डले समृद्धिको लक्ष्य हासिल गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे। उनले अहिलेको समीकरण २०८४ सालको चुनावसम्मै कायम हुने र एकदुई दिनभित्रै मन्त्रिमण्डल विस्तार गरेर गतिमा काम अगाडि बढाउने पनि बताए। उपप्रधानमन्त्री एवम् भौतिक मन्त्री श्रेष्ठले यो योजनालाई विशेष प्राथमिकताका साथ अगाडि बढाइएको जानकारी दिए। उनले यो योजनाको सुरुवातसहित सामाजिक न्यायसहित…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा आज शुभकामना दिंदै उनले सभ्य र सु-संस्कृत समाज निर्माणका लागि आग्रह गरेका छन् । ‘अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको सन्दर्भमा जातीय मुक्ति, समानता एवं स्वतन्त्रताका पक्षधर समस्त नेपालीहरूलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिँदै सभ्य र सु-संस्कृत समाज निर्माणको नेतृत्वका लागि अपिल गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछु,’ उनले भने ।

Read More

लमजुङ । लमजुङको मस्र्याङ्दी मर्स्याङ्दी गाउँपालिकामा पहिलो पटक ग्रामीण अल्ट्रसाउण्ड (भिडियो एक्सरे) सेवा शुरु भएको छ । गर्भवती महिलाको निःशुल्क गर्भ जाँच गराउन मर्स्याङ्दी गाउँपालिकाले ग्रामीण अल्ट्रासाउण्ड सेवा शुरु गरेको हो । मर्स्याङ्दी गाउँपालिका ३ खुदीमा रहेको खुदी स्वास्थ्य चौकीलाई आइतबार गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले ग्रामीण अल्ट्रासाउण्ड मेसीन हस्तान्तरण गरेका हुन् । सेवा सुचारु कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले गाउँपालिकामा पहिलो पटक खुदी स्वास्थ्य चौकीबाट उक्त सेवा शुरु गरिएको र पालिकाका ९ वटै वडामा उक्त सेवा पु¥याउन गाउँपालिका अघि बढेको बताए । मर्स्याङ्दी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लुलबहादुर घलेका अनुसार सुरक्षित मातृत्वका लागि गाउँपालिका आफैंले करिव ४ लाख रुपैयाँमा ग्रामीण…

Read More

काठमाडौं । आज काठमाडौं उपत्यकामा घोडेजात्रा पर्व मनाइँदै छ। घोडेजात्रा अत्यन्तै पुरानो अनि सामाजिक जात्राका रूपमा प्राचीनकालदेखि नै काठमाडौं उपत्यकामा मनाइँदै आएको परम्परा हो। घोडेजात्राको अवसरमा नेपाली सेनाले हरेक वर्ष काठमाडौंको टुँडिखेलमा अश्वकलाको प्रदर्शनी गर्दै आएको छ। यस्तै, ललितपुरको पाटनमा एक्लो घोडा दौडाएर घोडेजात्रा मनाउने चलन छ। घोडेजात्राको अवसरमा नेपाली सेनाले टुंडिखेलमा विशेष कार्यक्रम गर्ने बताएको छ। कार्यक्रममा नेपाली सेना र नेपाल प्रहरीका जवानहरुले घोडादौड तथा अश्वकला प्रदर्शन गर्ने छन्। परापूर्वकालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडजात्रा पर्व मनाइएको पाइन्छ। अर्को किंवदन्तीअनुसार प्रत्येक वर्षको चैत्र…

Read More

काठमाडौं । घोडेजात्राको दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा भए पनि उपत्यकाबाहिर हुने कारोबार समेतलाई दृष्टिगत गर्दै बैंकिङ सेवा सञ्चालन राख्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै भोलि बैंकिङ सेवा प्रभावित नहुने व्यवस्था मिलाउन बैंक(वित्तीय संस्थालाई निर्देशन दिएको जनाएको हो। ‘घोडेजात्राका दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा रहेता पनि उपत्यका बाहिरका कार्यालयमा हुने नगद कारोबार, विद्युतीय चेक भुक्तानी ९इसिसी०, आरटिजिएसलगायतका आवश्यक बैंकिङ सेवा सञ्चालन राख्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका सम्बन्धित विभाग तथा कार्यालय खुला राखी आवश्यक व्यवस्था मिलाउन हुन यो सूचना जारी गरिएको छ’, राष्ट्र बैंकले भनेको छ ।…

Read More

काठमाडौं । महान्यायाधिवक्ता दीनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गरेका छन् । जिल्ला सरकारी वकिल कार्यालय हुँदै उच्च सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदन र महान्यायाधिवक्ता कार्यालयको टिप्पणीका आधारमा महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गर्नुभएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले जानकारी दिए । महान्यायाधिवक्ताको उक्त निर्णयपछि पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछाने विरुद्ध सरकारी निकायले मुद्दा चलाउने छैन । राहदानी दुरुपयोगसम्बन्धी अनुसन्धानको फाइल महान्यायाधिवक्ता कार्यालयमा आइतबार पुगेको थियो । नेपाल प्रहरीको अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा फाइल पेस भएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले उच्च सरकारी वकिलको कार्यालयमा मुद्दा नचल्ने निर्णय गर्दै फाइल…

Read More

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन्।  नेकपा एमाले र राप्रपा सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री सोमबार दोस्रो पटक विश्वासको मत लिएका हुन्। प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेससहित १० राजनीतिक दलहरूले समर्थन दिएका छन्  भने एमाले, राप्रपासहित केही साना र स्वतन्त्र सासंदहरू विश्वासको मतको विपक्षमा उभिएका छन्। २६२ सांसद उपस्थित रहेकोमा प्रधानमन्त्री प्रचण्डको पक्षमा १७२ मत र विपक्षमा ८९ मत परेको छ। एक मत कतै परेन।

Read More