Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरी घटनापछि उत्पन्न शान्ति–सुरक्षाको अवस्थाबारे नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका…
काठमाडौं । स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधान गर्न सरकार र नेपाल…
काठमाडौं । चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ६ अर्ब ५५ करोड…
काठमाडौं । सरकारले विभिन्न नौवटा विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ। बुधबार बसेको…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- सुनसरी घटनाबारे प्रधानमन्त्री शाहद्वारा छुट्टाछुट्टै ब्रिफिङ
- सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति
- चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोडको बजेट स्वीकृत
- मन्त्रिपरिषद्को निर्णय: ९ विधेयक संसदमा, सम्पत्ति शुद्धीकरणदेखि सहकारी र प्राविधिक शिक्षासम्म महत्वपूर्ण निर्णय
- राष्ट्रपतिसँग रास्वपा सभापति लामिछानेको भेट
- सुनसरी घटनापछि प्रमुख दल एक ठाउँमा, सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल गर्ने निर्णय
- शिक्षामन्त्री र उनकी श्रीमतीमाथिको सामाजिक सञ्जाल आक्रमण रोक्न सामाजिक अभियन्ता बिकको आग्रह
- लगानीमैत्री वातावरण बनाउन ४२ कानुन खारेज तथा संशोधन प्रक्रियामा
- मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नेपाल प्रहरीको सम्मान
- सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
Author: हाम्राे हेडलाइन
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले पार्टी सरकारमा जाने निर्णय गरेको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकपछि पार्टी प्रवक्ता डा प्रकाशशरण महतले सो जानकारी दिएका हुन् । उनले संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिई मुलुकको चौतर्फी विकास र समुन्नतिका लागि पार्टी सरकारमा जाने निर्णय भएको बताए । पार्टीकातर्फबाट सरकारमा सहभागी हुने मन्त्री चयन गर्दा कांग्रेसले योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशिता तथा प्रादेशिक सन्तुलनलाई आधार बनाउने निर्णय गरेको छ । गठबन्धन दलबीचको समझदारी र एकतालाई अझ बलियो बनाउँदै अघि बढ्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । पार्टी संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले प्रधानमन्त्री प्रचण्लाई विश्वासको मत दिने निर्णय गरेको हो । हाल परिस्थितिलाई विश्लेषण गर्दै सरकारलाई समर्थन जारी राख्ने निर्णय गरिएको रास्वपाले जनाएको छ । पार्टीले उठाउँदै आएका मुद्दाहरूलाई प्राथमिकतामा राख्ने शर्तमा सरकारमा जान सक्ने रास्वपाले संकेत गरेको छ । सोमबार प्रधानमन्त्री प्रचण्ड प्रतिनिधिसभाको बैठकमा विस्वासको मत लिदैँछन् । विस्वासको मत लिएपछि प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् ।
काठमाडौं । सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ३३ रुपैयाँ पुगेको छ। तेजावी सुनको मूल्य एक लाख ९ हजार ५ सय रुपैयाँ कामय भएको छ भने चाँदीको मूल्य पनि बढेर १३ सय ४५ रुपैयाँ कायम भएको छ।सुनको मूल्यलले हालसम्मकै उच्च रेकर्ड कायम गरेको महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यले बताए। शुक्रबार प्रतितोला एक लाख ७ हजार १०० रुपैयाँमा सुनको खरिद बिक्री भएको थियो।आइतबार दुई हजार ९३३ रुपैयाँले सुनको भाउ बढेको हो।
एजेन्सी । इक्वेडरको दक्षिणी तटमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तिमा १३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । युएसजीएसका अनुसार इक्वेडरका आधाभन्दा बढी प्रान्तमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पका कारण देशका धेरै सहरमा भवनमा पनि क्षति पुगेको छ । सरकारी अधिकारीका अनुसार भूकम्पबाट सबैभन्दा बढी प्रभावित एल ओरु प्रान्तमा ११ जनाको मृत्यु भएको छ भने अजुए प्रान्तमा एक जनाको मृत्यु भएको छ । उत्तरी पेरुमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । यहाँ टुम्बेस प्रान्तमा घर भत्किँदा एक महिलाको मृत्यु भएको छ । इक्वेडरको आपतकालीन सेवाले यहाँका घरहरु भत्किँदा धेरै मानिसहरु भग्नावशेषमुनि पुरिएका र उनीहरुलाई उद्दार…
काठमाडौं । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा कलाकार मोहन निरौला विजयी भएका छन्।शनिवार सम्पन्न निर्वाचनमा मोहनले २३५ मत ल्याए भने रेजीनाले २०९ मत प्राप्त गरिन। उपाध्यक्षमा कविता गेलाल र शिवहरि वैरागी विजयी भएका छन्।महासचिवमा सविन श्रेष्ठ, सचिवमा रामेश्वर बुर्लाकोटी र कोषाध्यक्षमा सुनिल कटुवाल विजयी भएका छन्। यस्तै सहकोषध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भएकी छन् ।सदस्यहरूमा शीतल केसी, गोपाल ढकाल ‘छन्दे’, उद्धव प्रसाद भट्टराई, पवन केसी र नम्रता खरेल विजयी भएका छन्।यस्तै पुकार भट्टराई, खुम्बु खड्का, सरिता राधोपाध्याय, रोशन श्रेष्ठ र समीर लामापनि सदस्य निर्वाचित भएका छन्।
काठमाडौं । त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान शुरु भएको छ । ६० आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा करिब १४ वर्षपछि निर्वाचन हुन लागेको जनाइएको छ । निर्वाचनको मतदान बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि निर्धारण गरिएको छ । निर्वाचनमा अहिलेसम्म दुई आङ्गिक र केही सम्बन्धनप्राप्त क्याम्पसमा निर्विरोध निर्वाचित भइसकेका छ । प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ देखि नियमित हुनसकेको थिएन ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना सव-ईन्जिनियरलाई पोखराबाट पक्राउ गरेको छ । अख्तियारले बाटो निर्माण गर्दा जग्गा पर्नेगरी गरिदिने भन्दै १५ हजार घुस लिने सव-ईन्जिनियरलाई रंगेहात पक्राउ गरेको हाे । पोखरा महानगरपालिका २८ नं. वडा कार्यालयमा कार्यरत सव-इन्जिनियर प्रविन बिकलाई घुस लिएको अवस्थामा पोखरा महानगरपालिका वडा नं. १४ चाउथेबाट अख्तियार टोलीले रंगेहात पक्राउ गरेको हो । विकमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
काठमाडौं । सत्ता साझेदार १० दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने सहमति गरेका छन्। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलका शीर्ष नेताहरुको बैठकले सो सहमति गरेको हो। ‘सत्ता साझेदार १० दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सम्पन्न भएको छ। बैठकमा भोलि संसद्मा प्रस्तुत गर्ने विधेयक र पर्सी सरकारले लिने विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति बनेको छ’, प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव गंगा दाहालले फेसबुकमा लेखेकी छिन्। प्रधानमन्त्री प्रचण्डले यही ६ गते सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन्। पुस १० मा प्रधानमन्त्री नियुक्त भएका उनले पुस २६ मै विश्वासको मत लिएका थिए।
काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आइतबार आज बस्ने भएको छ। बैठकमा दुई विधेयक र संसद नियमावली पेश हुने सम्भावित कार्यसूची रहेको छ। दिउँसो १ बजे बस्ने बैठकमा संवैधानिक परिषद (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो) संशोधन विधेयक पेश हुने संघीय संसद सचिवालयले जनाएको छ। दुवै विधेयक कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेश गर्नेछन्। प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले नियमावली मस्यौदाको प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पेश हुने कार्यसूची छ।
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरैजसो स्थानमा शुक्रबार हल्कादेखि मध्यम वर्षा भएको छ। स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभावले देशका कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार आगामी तीन दिनसम्म अपराह्नपछि देशका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। चैत ५ गते आइतबार देशको पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित…
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
