Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरी घटनापछि उत्पन्न शान्ति–सुरक्षाको अवस्थाबारे नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका…
काठमाडौं । स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधान गर्न सरकार र नेपाल…
काठमाडौं । चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ६ अर्ब ५५ करोड…
काठमाडौं । सरकारले विभिन्न नौवटा विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ। बुधबार बसेको…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- सुनसरी घटनाबारे प्रधानमन्त्री शाहद्वारा छुट्टाछुट्टै ब्रिफिङ
- सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति
- चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोडको बजेट स्वीकृत
- मन्त्रिपरिषद्को निर्णय: ९ विधेयक संसदमा, सम्पत्ति शुद्धीकरणदेखि सहकारी र प्राविधिक शिक्षासम्म महत्वपूर्ण निर्णय
- राष्ट्रपतिसँग रास्वपा सभापति लामिछानेको भेट
- सुनसरी घटनापछि प्रमुख दल एक ठाउँमा, सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल गर्ने निर्णय
- शिक्षामन्त्री र उनकी श्रीमतीमाथिको सामाजिक सञ्जाल आक्रमण रोक्न सामाजिक अभियन्ता बिकको आग्रह
- लगानीमैत्री वातावरण बनाउन ४२ कानुन खारेज तथा संशोधन प्रक्रियामा
- मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नेपाल प्रहरीको सम्मान
- सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
Author: हाम्राे हेडलाइन
काठमाडौं । तनहुँ म्याग्दे गाउँपालिका–४ मनहरिस्थित खानेपानीको ट्यांकीमा शव भेटिएको छ। पृथ्वीराजमार्गको मनहरि नजिकै रहेको मनहरि पीपलटार खानेपानीको ट्यांकीमा आज बिहान शव भेटिएको हो। घरघरमा वितरण गरिएको धाराबाट आएको पानीमा गन्ध आएको उपभोक्ताको गुनासोपछि खानेपानी उपभोक्ता समितिले ट्यांकी खोलेर हेर्दा शव फेला परेको हो । उक्त शव कसको हो भन्ने खुलिनसकेको र हत्या गरेर फालेको हुनसक्ने देखिएको बताइएको छ । उपभोक्ता समितिले मनहरिका एक सय ३८ घरधुरीमा पानी वितरण गर्दै आएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले पानी ट्यांकीमा शव फेला परेको जानकारी दिँदै अनुसन्धान सुरु गरिएको बताए।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कालिका र गोरखकाली मन्दिरको दर्शन गरेका छन् । सेनाको हेलिकप्टरमार्फत गोरखा पुगेर उनले मन्दिरमा पूजा गरेका हुन् । करिव आधा घण्टा पूजापाठ गरेर हेलिकप्टरमार्फत उनी गोरखा संग्रहालय परिसरमा पुगेका थिए । उनले त्यहाँ रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण समेत गरेका छन् ।
काठमाडौं । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रबाट नियुक्त मन्त्रीहरुले राजीनामा दिएका छन्। मुख्यमन्त्री गिरी नेतृत्वको सरकारमा रहेका मन्त्रीहरूले राजीनामा दिएको पुष्टि माओवादीका प्रदेश अध्यक्ष सुदर्शन बरालले बताए । नेकपा एमालेका नेता लीला गिरी नेतृत्वको सरकारबाट माओवादी मन्त्रीहरु बाहिरिएसँगै नेपाली कांग्रेसका नेता डिल्ली चौधरी मुख्यमन्त्री बन्ने पक्का भएको छ। माओवादी मन्त्रीहरुको राजीनामापछि कांग्रेस संसदीय दलका नेता चौधरीलाई मुख्यमन्त्री बनाउन ५४ जना सांसदले हस्ताक्षर गरेका छन्। चौधरीले आइतबारै दिउँसो १ बजे सरकारको दाबी गर्दै प्रदेश प्रमुखको कार्यालयमा जाने भएका छन्।
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तामाकोसी–काठमाडौं २२०/४०० केभी प्रसारण लाइन आयोजना अन्तर्गत नयाँ खिम्ती–बाह्रबिसे खण्ड निर्माण सम्पन्न गर्न ताकेता गरेको छ। चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको विद्युत् प्रसारण लाइन अभावमा जोड्न नसकी खेर जाने अवस्था आउन नदिन प्राधिकरणले नयाँ खिम्ती–बाह्रबिसे खण्ड निर्माणलाई उच्च प्राथमिकतामा राखेको छ। नयाँ खिम्तीमा ४०० केभी सबस्टेसन निर्माण र सबस्टेसनको क्षमतावृद्धिका लागि २२०/१३२/३३ केभी, २०० एभिए क्षमताको थप पावर ट्रान्सफर्मर जडान कार्य जारी छ। रामेछापका मन्थली नगरपालिका–१३ साँखे (फुलासी) स्थित नयाँ खिम्ती सबस्टेसन देखि सिन्धुपाल्चोकको बाह्रबिसे सबस्टेसनसम्मको प्रसारण लाइनको लम्बाइ ४३ किलोमिटर छ। रामेछाप, दोलखा र सिन्धुपाल्चोक जिल्ला भएर…
काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक सदृढीकरण आफ्नो भीष्म प्रतिज्ञा भएको बताएका छन् । आइतबार सिंहदरबारमा प्रहरी महानिरीक्षकको दज्र्यानी चिन्ह लगाएपछि उनले यस्तो बताएका हुन् । महानिरीक्षक कुँवरले प्रहरीले गर्ने राम्रा कामहरु र विगतमा भएका त्रुटीहरु लुकाएर प्रशासन बलियो नबन्ने भन्दै उनले प्रहरीमा सुधार आवश्यक रहेको बताए । उनले प्रहरी प्रशासनको सुधार गर्ने दिन गनेर बस्ने छुट आफूलाई नरहेको पनि स्पष्ट पारे । उनले अपराधको रोकथाम र अनुसन्धानमा कुनैपनि बहाना र विकल्प बिना काम गर्ने प्रतिवद्धता जनाए । प्रहरी महानिरीक्षक कुँवरले शान्ति सुरक्षाको उपलब्धता नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धानसँगको निरन्तर समन्वय, सहकार्यमार्फत…
काठमाडौं । कोशी प्रदेश नामाकरणको विषयलाई लिएर मोरङको बिराटनगरमा भएको प्रदर्शनमा एक जनाको मृत्यु भएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन सरकारले आज छानबिन समिति गठन गरेको छ। चैत १० मा भएको प्रदर्शनमा संलग्न लाजेहाङ लिम्बु (पदम लिम्बु) को घरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो। सो विषयमा छानबिन गर्न छ सदस्यीय समिति गठन गरिएको गृह मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रीस्तरको निर्णयबाट गृह मन्त्रालयका सहसचिव रामबन्धु सुवेदीको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरिएको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले यही चैत्र १३ गते (सोमबार) सम्ममा मन्त्रीपरिषदलाई पूर्णता दिने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा शनिबार अपरान्ह बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो। पर्सीसम्ममा मन्त्रिपरिषदलाई विस्तार गरी डेलिभरीका कामलाई तीव्रता दिने निर्णय पार्टी पदाधिकारी बैठकले गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए । माओवादीले संसदलाई गतिशील र प्रभावकारी ढंगले अघि बढाउने विषयमासमेत छलफल गरेको छ। त्यसैगरी संघीय सरकारको नीति तथा कार्यक्रमसँग जोडेर प्रदेश सरकारलाई पनि गतिशील बनाउनुपर्नेमा नेताले जोड दिएका सचिव पौडेलले बताए ।
काठमाडौं । पत्रकार दिपेन्द्रविक्रम तामाङको निधन भएको छ । मध्यान्ह राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक रहेका तामाङको शनिबार मेडासिटी अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । तामाङलाई केही दिन पहिले ब्रेन ह्याम्रेज भएको थियो । लामो समयदेखि पत्रकारितामा सक्रिय रहेका तामाङ इमेज एफएमको संवाददाता, सिटिजन एफएमको समाचार प्रमुख, रेडियो जनता एफएमको स्टेशन म्यानेजर र जनता खबर डटकमका सम्पादक रहेका थिए । पछिल्लो समय उनी मध्यान्ह दैनिकमा कार्यकारी सम्पादनको रुपमा रहेका थिए । उनी तामाङ भाषाका चलचित्रका लेखक तथा निर्देशक समेत रहेका थिए । स्व.तामाङको शवलाई बौद्धस्थित तामाङ गुम्बामा राखिएको छ । स्व. तामाङको शवलाई अन्तिम श्रद्धान्जलीका लागि आइतबार बिहान ११…
दुर्गानिधि कौडल काठमाडौं । कौराह, चुट्का नयाँ गीत ‘चण्डीपुर्णि मेलैमा’ सार्वजनिक भएको छ। युनिक थापामगरको लय/शब्द, टेकु गाहा मगरको शब्द/निर्माण र डोलराज बराघरेको संगीत संयोजन रहेको यस गीतमा नवराज थापामगर, उषा गुरुङ, राजु तोलंगी गुरुङ र रचना रानामगरको आवाज रहेको छ । दिप फिल्मस प्रोडक्सनले निर्माण गरेको यस भिडियोमा आनन्द गुरुङ, दीपा गुरुङ, अनिता पाइजा मगर लगायत बाल कलाकारमा समिक्षा मगर र नोवी गुरुङको अभिनय रहेको छ। राजेश घिमिरेको छायाँकन रहेको यस गीतमा कोरियोग्राफी तथा निर्देशनको काम दिप गुरुङले गरेका छन् । गीत राजु तोलांगी गुरुङको अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक भएको छ।
काठमाडौं । काठमाडौँ महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको छ । महानगरले आज सूचना प्रकाशन गर्दै नदी बहाव, नदी उकास, नदी निकार र नदी करिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण तथा अनधिकृतरुपमा कब्जा गरी भोगचलन गरिरहेका सबै सरोकारवालालाई संचरना हटाउन निर्देशन दिएको हो । महानगरले पटकपटक अवगत गराउँदा पनि नहटेका संरचनालाई प्रचलित कानुनबमोजिम हटाउने र हटाउँदा लाग्ने खर्चसमेत सम्बन्धित पक्षबाट असुल्ने सूचनामा उल्लेख गरेको छ ।
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
