Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरी घटनापछि उत्पन्न शान्ति–सुरक्षाको अवस्थाबारे नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका…
काठमाडौं । स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधान गर्न सरकार र नेपाल…
काठमाडौं । चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ६ अर्ब ५५ करोड…
काठमाडौं । सरकारले विभिन्न नौवटा विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ। बुधबार बसेको…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- सुनसरी घटनाबारे प्रधानमन्त्री शाहद्वारा छुट्टाछुट्टै ब्रिफिङ
- सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति
- चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोडको बजेट स्वीकृत
- मन्त्रिपरिषद्को निर्णय: ९ विधेयक संसदमा, सम्पत्ति शुद्धीकरणदेखि सहकारी र प्राविधिक शिक्षासम्म महत्वपूर्ण निर्णय
- राष्ट्रपतिसँग रास्वपा सभापति लामिछानेको भेट
- सुनसरी घटनापछि प्रमुख दल एक ठाउँमा, सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल गर्ने निर्णय
- शिक्षामन्त्री र उनकी श्रीमतीमाथिको सामाजिक सञ्जाल आक्रमण रोक्न सामाजिक अभियन्ता बिकको आग्रह
- लगानीमैत्री वातावरण बनाउन ४२ कानुन खारेज तथा संशोधन प्रक्रियामा
- मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नेपाल प्रहरीको सम्मान
- सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
Author: हाम्राे हेडलाइन
काठमाडौं । गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिले नेपाल प्रहरीको रिक्त प्रहरी अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) पदमा चार जनालाई बढुवा सिफारिस गरेको छ । आज बसेको समितिको बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरु सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङ सिफारिस गरेको हो । बढुवा समितिका सदस्य सचिवसमेत रहेका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले जारी गरेको विज्ञप्तिमा भण्डारी प्रहरी प्रधान कार्यालय कार्यविभाग, कार्य निर्देशनालय नक्साल काठमाडौँ, गिरी विशेष ब्युरो नक्साल, चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्साल र तामाङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल काठमाडौँमा कार्यरत रहेको उल्लेख छ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालविरूद्ध नाराबाजी गर्ने ३ जना जेल चलान भएका छन्। आइतबार जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहारको कसुरमा ५ हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएको थियो। तर धरौटी नतिरेपछि उनीहरूलाई कारागार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । गत मंगलबार बानेश्वरमा प्रधानमन्त्री सहभागी एक कार्यक्रममा उनीहरूले नाराबाजी गरेका थिए। नाराबाजी गरेको भन्दै उनीहरूलाई प्रहरीले पक्रेको थियो। पक्राउपछि उनीहरूलाई अभद्र व्यवहार मुद्दा चलाइएको थियो। पक्राउ पर्नेमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङ सोम शर्मा छन्।
काठमाडौं । कोसी प्रदेश नामकरणविरुद्ध पहिचान पक्षधरहरूले गरेको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू (लाजेहाङ) को परिवारलाई प्रदेश सरकारले ३ लाख रुपैयाँ राहत दिने भएको छ। मन्त्रिपरिषदको आज (सोमबार) बसेको बैठकले राहत दिने निर्णय गरेको हो। कोसी प्रदेश नामकरणको विरोधमा चैत ५ मा विराटनगरमा भएको विरोध प्रदर्शनका क्रममा घाइते भएका पदम लिम्बूको उपचारका क्रममा चैत १० गते मृत्यु भएको थियो। बैठकले लिम्बुको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना प्रकट गरेको छ। बैठकले घटनाको छानबिनकामा संघीय सरकारले गठन गरेको समितिलाई सहयोग गर्ने निर्णय पनि गरेको छ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देब राज घिमिरेबीच भेटवार्ता भएको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा संसदमा प्रस्तुत टीआरसी र संवैधानिक परिषदसम्बन्धी विधेयकलाई चाडो निष्कर्ष पुर्याउने विषय र नयाँ नियमावलीको विषयमा छलफल हुनेछ । सैद्धान्तिक छलफल सकिएलगत्तै संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संशोधन प्रस्ताव राख्न ७२ घन्टाको समय छुट्याइएको थियो। आइतबार सैद्धान्तिक छलफलमा सत्तापक्षमा रहेका अन्य दलहरूले शान्ति सम्झौता र सर्वोच्च अदालतले गरेको निर्देशनलाई समेत ध्यान दिएर कानुन बनाइने बताएका छन् । एमाले, राप्रपा र नेमकिपाले संशोधनमा जोड दिएका छन् ।
काठमाडौं । एयर ट्राफिक कन्ट्रोलर (एटीसी)को अनुमतिबिना जहाज १५ हजार फिटमा तल झारेको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर इण्डियालाई पत्राचार गरेको छ । गत शुक्रबार नयाँ दिल्लीबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि बिनाअनुमति १९ हजार फिटमाथि उडान भरिरहेको एयर इण्डियाको जहाज अचानक १५ हजार फिटमा झरेको थियो । सोही समयमा मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आउँदै गरेको नेपाल एयरलाइन्सको जहाजसँग झण्डै ठोक्किन पुगेको थियो । लगत्तै नेपाल एयरलाइन्सको जहाजले उचाइ लिएपछि सम्भावित दुर्घटना टरेको थियो । उक्त घटनाको समाचार क्लीकमान्डुले सम्प्रेषण गरेको थियो । सोही विषयमा छानबिन गरी कारबाही गरेको ब्यहोरा प्राधिकरणलाई पठाउने सन्देशसहित एयर इण्डियालाई पत्राचार गरिएको प्राधिकरणका प्रवक्ता…
काठमाडौं, १२ चैत । नेपाली सेना र अमेरिकी सेनाबीच सोमबारदेखि तीनदिने छलफल सुरु हुने भएको छ। काठमाडौंमा चैत १३ देखि १५ गतेसम्म हुने द्विपक्षीय सैन्य छलफलमा सहभागी हुन २२ सदस्यीय अमेरिकी सेनाको टोली काठमाडौं आइपुगेको छ। यस्तो छलफल सन् २०१८ देखि हरेक वर्ष आयोजना हुँदै आएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए। गत वर्ष अमेरिकाको हवाईमा बैठक बसेको थियो। यसपटकको छलफल शान्ति सुरक्षा, मानवीय सहायता, विपद व्यवस्थापन र विषयवस्तु विज्ञताको आदान प्रदानमा केन्द्रित हुने नेपाली सेनाले जनाएको छ । अमेरिकी सेनासँग हुने छलफलको सम्पूर्ण तयारी पूरा भइसकेको सेनाले जनाएको छ । छलफलमा नेपालको तर्फबाट परराष्ट्र मन्त्रालय, अर्थ…
काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रश्ताव पारित भएको छ। आइतबार प्रतिनिधि उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पारित भएको हो। प्रतिनिधि सभाको आजको बैठकमा सो विधेयकमाथि सांसदहरुले आफ्नो आफ्नो धारणा व्यक्त गरेका थिए। प्रतिनिधि सभाको अर्को बैठक चैत्र १५ गते १ बजे बस्नेछ। आजकै बैठकमा सत्ता पक्षका सांसदहरुले विधेयकको बचाउ गरेका थिए भने प्रतिपक्षका सांसदहरुले गम्भीर अपराधमा संलग्नलाईसमेत उन्मुक्ति दिन खोजिएको भन्दै आलोचना गरेका छन्।
काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाएको आरोपमा ३ जना पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालय स्रोतका अनुसार पछिल्लो ३र४ वर्षमा उनीहरुले ८१ जनालाई विदेश पठाइसकेका छन्
काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा नयाँ मुख्यमन्त्रीको लागि दाबी पेस गरिएको छ । नेपाली कांग्रेस लुम्बिनीका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले अरु दलहरुको सहमतिमा मुख्यमन्त्रीको दाबी पेस गरेका हुन् । चौधरीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बहुमत सदस्यको हस्ताक्षरसहित दाबी पेस गरेको बताए । यसअघि, नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि नयाँ सरकार गठनका लागि बाटो खुलेको हो । यद्यपि, अल्पमतमा परे पनि मुख्यमन्त्री लीला गिरीले राजीनामा दिएका छैनन् । सङ्घीय सरकारमा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को गठबन्धन टुटेसँगै यसको प्रभाव प्रदेश सरकारमा पनि परेको हो ।
काठमाडौं । नेपाल एयरलाइन्स र एयर इन्डियाको जहाज ठूलो दुर्घटना हुनबाट जोडिएको छ । चैत १० गते दुर्घटनाबाट जोगिएको हो । नागरिक उड्डयन प्राधिकरणले एयर कन्ट्रोलरका दुई कर्मचारीलाई कारबाही गरेको छ। प्राधिकरणले उक्त समय कन्ट्रोल रूममा रहेका दुई अधिकारीलाई तत्कालको लागि निष्क्रिय रहन निर्देशन दिएको हो। ती कर्मचारीहरूको नाम खुलाइएको छैन। चैत १० गते शुक्रबार बिहान नेपाल एयरलाइन्स र एयर इन्डियाको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको थियो। मलेसियाको क्वालालम्पुरबाट काठमाडौं आउँदै गरेको नेपाल एयरलाइन्स र नयाँदिल्लीबाट काठमाडौं आइरहेको एयर इन्डियाको जहाज झन्डै ठोक्किएका थिए। १९ हजार फिटमा रहेको एयर इन्डियाको जहाज एक्कासी १५ हजार फिटमा झर्दा नजिकै रहेको नेपाल एयरलाइन्सको…
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
