काठमाडौं । गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिले नेपाल प्रहरीको रिक्त प्रहरी अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) पदमा चार जनालाई बढुवा सिफारिस गरेको छ । आज बसेको समितिको बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरु सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङ सिफारिस गरेको हो ।
बढुवा समितिका सदस्य सचिवसमेत रहेका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले जारी गरेको विज्ञप्तिमा भण्डारी प्रहरी प्रधान कार्यालय कार्यविभाग, कार्य निर्देशनालय नक्साल काठमाडौँ, गिरी विशेष ब्युरो नक्साल, चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्साल र तामाङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल काठमाडौँमा कार्यरत रहेको उल्लेख छ।