नवराज कौडेल/भुवन श्रेष्ठ
काठमाडौं । कौराह, चुट्का नयाँ गीत ‘चण्डीपुर्णि मेलैमा’ सार्वजनिक भएको छ। युनिक थापामगरको लय/शब्द, टेकु गाहा मगरको शब्द/निर्माण र डोलराज बराघरेको संगीत संयोजन रहेको यस गीतमा नवराज थापामगर, उषा गुरुङ, राजु तोलंगी गुरुङ र रचना रानामगरको आवाज रहेको छ ।
दिप फिल्मस प्रोडक्सनले निर्माण गरेको यस भिडियोमा आनन्द गुरुङ, दीपा गुरुङ, अनिता पाइजा मगर लगायत बाल कलाकारमा समिक्षा मगर र नोवी गुरुङको अभिनय रहेको छ। राजेश घिमिरेको छायाँकन रहेको यस गीतमा कोरियोग्राफी तथा निर्देशनको काम दिप गुरुङले गरेका छन् । गीत राजु तोलांगी गुरुङको अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक भएको छ।