Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
ब्राजिल । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा चौथो पटक राष्ट्रपति निर्वाचित भएको दाबीसहितको…
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उद्घाटन समारोहमा सहभागी…
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदै छ। त्रिवि क्रिकेट…
काठमाडौं । देशभर कात्तिक ११ गतेसम्म मौसममा ठूलो परिवर्तन नदेखिए पनि कात्तिक १२ गते बिहीबारदेखि…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- ब्राजिल राष्ट्रपतिमा लुला पुनः निर्वाचित
- प्रधानमन्त्री शाहले एनपीएल उद्घाटन गर्ने, दिए शुभकामना
- आजदेखि नेपाल प्रिमियर लिगको तेस्रो संस्करण सुरु हुँदै, उद्घाटन खेलमा को-को भिड्दैछन् ?
- कात्तिक १२ देखि देशभर वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
- एनपिएलको तयारी पूरा, विजेताले डेढ करोड रुपैयाँ पाउने
- जेटबोट दुर्घटना हुँदा ३ जनाको मृत्यु
- कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
- बाढी पूर्वसूचना प्रणाली विस्तारदेखि चार हिमतालको जोखिम घटाउनेसम्म सरकारका मुख्य योजना
- असोजमा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात, बंगलादेशमा पनि पुनः सुरु
- सुन्दर मानुङकोट [फोटो फिचर]
Author: हाम्राे हेडलाइन
काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आइतबार आज बस्ने भएको छ। बैठकमा दुई विधेयक र संसद नियमावली पेश हुने सम्भावित कार्यसूची रहेको छ। दिउँसो १ बजे बस्ने बैठकमा संवैधानिक परिषद (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो) संशोधन विधेयक पेश हुने संघीय संसद सचिवालयले जनाएको छ। दुवै विधेयक कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेश गर्नेछन्। प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले नियमावली मस्यौदाको प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पेश हुने कार्यसूची छ।
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरैजसो स्थानमा शुक्रबार हल्कादेखि मध्यम वर्षा भएको छ। स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभावले देशका कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार आगामी तीन दिनसम्म अपराह्नपछि देशका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। चैत ५ गते आइतबार देशको पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित…
काठमाडौं । जनता समाज पार्टी (जसपा) नेपालका संसदीय दलका नेता एवं पूर्वमन्त्री रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । मुलुकको तेस्रो उपराष्ट्रपतिका लागि आज भएको मतदानमा उनी आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा) र जनमत पार्टीका ममता झालाई पराजित गरी निर्वाचित भएका हुन् । उपराष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुन्छ । उपराष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छन् । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ । आज बिहान १० बजेदेखि…
काठमाडौं । उपराष्ट्रपतिका लागि शुक्रबार भएको निर्वाचनमा ८२९ मत खसेको छ। संघतर्फ ३११ र प्रदेशतर्फ ५१८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रदेश सभातर्फत ५५० मत भएकोमा ५१८ मात्र खसेको हो। राप्रपा २८, नेमकिपा ३ र जसपाको १ मत नखसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। राप्रपा र नेमकिपाले कसैलाई पनि मत नदिई तटस्थ बस्ने निर्णय गरेका थिए। कोसी ६, मधेस २, बागमती १५, गण्डकी २, सुदूरपश्चिम १, कर्णाली २ र बुम्बिनी ४ मत नखसेको निर्वाचन कार्यालयले जनाएको छ। संघीय संसद्मा हाल ३३४ सदस्य छन्। टेकबहादुर गुरुङ निलम्बनमा छन् भने रवि लामिछानेको सांसद पद खारेज भएपछि त्यो स्थान रिक्त छ।…
काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल पुरुष राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई वाग्मती प्रदेश सरकारले जनही एक लाख रुपैयाँ दिने घोषणा गरेको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारको तर्फबाट शुक्रबार उक्त घोषणा गरेका हुन् ।
काठमाडौं । उपराष्ट्रपति चयनका लागि मतदान जारी छ । नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा शुक्रबार बिहान १० बजेदेखि मतदान सुरु भएको हो । सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार साढे २ बजेसम्म प्रदेशतर्फ ५१० र संघतर्फ २९१ मत खसेको छ । अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ । संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र तय गरिएको छ । निर्वाचनमा संघीय संसद्का ३३२ र प्रदेशसभाका ५५० सांसद मतदाता छन् । मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने र आजै साँझ ६ बजेसम्म मतपरिणाम सार्वजनिक गरिने उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपराष्ट्रपति पदका लागि जनता समाजवादी…
काठमाडौं । नेपाल टेलिकमले आजदेखि लागु हुने गरी नयाँ अफर ‘सजिलो अनलिमिटेड भ्वाइस एन्ड डाटा पोस्टपेड–६३६’ प्याकेज ल्याएको छ । यस अफर अन्तर्गत पोस्टपेड ग्राहकले ६३६ रुपैयाँमा एक महिना अथवा तीस दिनसम्मका लागि नेपाल टेलिकमको नेटर्वकमा हरेक दिन अनलिमिटेड कल गर्न पाउनेछन् । यस्तै प्रयोगकर्ताले अन्य नेटवर्ककका लागि एक सय मिनेटको कल अवधि पाउनेछन् । यस अफरमा अन नेट एक सय पचासवटा एसएमएस पठाउन सकिने सुविधासमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ । यस्तै यो प्याक अन्तर्गत प्रयोगकर्ताले हरेक दिन तीन सय एमबी डाटासमेत प्रयोग गर्न सक्नेछन्, यो डाटा सकिएमा ६४ केवीपीएस गतिको इन्टरनेट चलाउन पाइने नेपाल टेलिकमले जनाएको छ ।
काठमाडौं । विश्वकप क्रिकेट छनोटमा पुग्न सफल नेपाली खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विजयी नेपाली क्रिकेट टोलीलाई आज बिहान सरकारी निवास बालुवाटार बोलाएर सम्मान रकम घोषणा गरेका हुन्। यस क्रममा उनले टोलीका प्रत्येक खेलाडीलाई सम्मानस्वरूप ३-३ लाख रुपैयाँ दिने घोषणा गरे। साथै देशमा निर्माणाधीन रंगशाला पनि पूरा गर्ने प्रधानमन्त्री प्रचण्डले बताए। प्रधानमन्त्रीको निम्तोमा विश्वकप छनोटमा पुगेका नेपाली टिमका सदस्य, प्रशिक्षक र अफिसियलहरू आज बिहान प्रधानमन्त्री निवास पुगेका थिए। बिहीबार यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो।
काठमाडौं । सरकारले २०८० सालमा ३५ दिन देशभर लागू हुने गरी सार्वजनिक विदा दिएको छ । बिहीबार राजपत्रमा प्रकाशित सूचना अनुसार विभिन्न चाडपर्व, दिवश र जन्मजयन्ती गरी ३५ दिन बिदा दिइएको हो । जसमा सबैभन्दा लामो दशैंमा ६ दिन र तिहारमा ५ दिन बिदा दिइएको छ । सरकारले २७ पुसमा पृथ्वी जयन्ती र १ फागुनमा जनयुद्ध दिवशको विदा पनि दिएको छ । देशभर लागू हुने सार्वजनिक बिदाबाहेक काठमाडौं उपत्यकामा गाइजात्रा, घोडेजात्रा, मत्येन्द्रनाथको भोटो देखाउने जात्रा र इन्द्रजात्रामा सार्वजनिक बिदा दिइएको छ । देशभर महिलाहरुका लागि तिज र जितिया पर्वमा बिदा दिइएको छ ।
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) चुनावका लागि मौन अवधि शुरु भएको छ । स्ववियु निर्वाचन आचारसंहिता अनुसार यो अवधिमा चुनावको प्रचारप्रसार गर्न पाइने छैन । गएराति १२ बजेदेखि मौन अवधि सुरु भएको हो । त्रिभुवन विश्वविद्यालयले स्ववियु चुनावको मतदान केन्द्रमा मोबाइलदेखि पानीका बोतल लैजान निषेध गरेको छ । चुनावलाई भयरहित बनाउनका लागि त्रिविले मोबाइल, पानीका बोतल, जार तथा घरेलु हातहतियार मतदान केन्द्रमा लैजान प्रतिबन्ध लगाएको छ । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले स्वच्छ र शान्तपूर्ण बनाउन तरल, धातुजन्य वस्तु, डिजिटल वस्तु र आगोजन्य वस्तु मतदान केन्द्रमा लैजान निषेध गरिएको बताए ।
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
