Author: हाम्राे हेडलाइन

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई यूएईमा जारी त्रिकोणात्मक शृंखलामा भाग लिन नेपाल क्रिकेट संघ (क्यान)ले तत्काल पहल शुरु गर्ने भएको छ । सर्वोच्च अदालतले क्रिकेटर सन्दीपविरुद्ध जबरजस्ती करणीको मुद्दामा धरौटीमा छोड्ने उच्च अदालत पाटनको निर्णय सदरसहित झन् खुकुलो बनाउँदै विदेश जान दिने निर्णय गरेपछि अन्य प्रक्रियाहरू पूरा गर्न थालिएको हो। सोमबार सर्वोच्च अदालतले सन्दीपमाथि विदेश भ्रमणको प्रतिबन्ध फुकुवा गरेपछि उनलाई यूएइ जान बाटो खुलेको हो। सर्वोच्चले सन्दीपको रोक्का भएको राहदानी फुकुवा गर्न पनि आदेश दिएको छ। नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता दुर्गा पाठकले आइसीसीसँग अनुमति लिएर अन्य प्रक्रियाहरू पूरा गरी सन्दीपलाई यूएई पठाइने जानकारी दिए। पाठकले नेपाली टिममा सन्दीपलार्ई थप्नका…

Read More

जनक श्रेष्ठ, लमजुङ । लमजुङ दोर्दी गाउँपालिका वडा नं. ८ बन्सार खिन्चोकबेंसीका ९१ वर्षीय हांगी वि.क को जलेर मृत्यु भएको छ । सोमबार राति घरमा अचानक आगलागी हुँदा वि.कको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए । परिवारसँग नबसी एक्लै एउटा सानो जस्तापाताको छाप्रोमा बस्दै आएका वि.कको छाप्रोमा अचानक आगोलागी भएको र अशक्त कारण बाहिर निस्किन नसक्दा जलेर मृत्यु भएको प्रहरी निरीक्षक रेग्मीको भनाई छ । उनका अनुसार प्रहरीलाई राति नै खबर आएपछि बेसिशहर नगरपालिका वडा नं. ११ चितिका प्रहरीहरु सो स्थानमा गएपनि प्रहरी पुग्दा घटना घटि सकेको थियो । चुलोमा बलेको आगो निभाउन विर्सेर…

Read More

लमजुङ । लमजुङको दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले निजी विद्यालयभन्दा सामुदायिक विद्यालयको शैक्षिकस्तर खस्किदै गएको बताएका छन् । सोमबार गाउँपालिकाको वडा नं. ७ फलेनी दारिमबोटस्थित बालकल्याण माध्यमिक विद्यालयको ४९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले देख्छौँ, प्राइभेट विद्यालयमा आफैँले पैसा तिरेर पढाउनुपर्छ त्यहाँको व्यस्थापन आफैँले गरेको हुन्छ, त्यति धेरै ठूलो बजेट हुँदैन । तर राज्यले सरकारी विद्यालयहरुमा ठुलो बजेट खर्च गरेपनि विद्यालयको विद्यार्थी संख्या र शैक्षिक स्तर खस्किरहेकाले त्यस्ता कमी कमजोरीलाई हटाउँदै तत्काल शैक्षिक क्षेत्रलाई माथि उठाउन आवश्यक देखिएको छ ।’ स्थानीय सरकारसँगै शिक्षक, विद्यार्थी, अभिभावक मिलेर शैक्षिक क्षेत्रलाई माथि उकास्न लाग्नुपर्नेमा उनले जोड दिए…

Read More

काठमाडौं । वैदेशिक रोजगार विभागले मौसमी श्रमिकका रूपमा पठाउने बहानामा ठगी भइरहेकाले सचेत हुन आग्रह गरेको छ। पछिल्लो समय विभिन्न अनलाइन माध्यमहरूमा भ्रामक सूचना प्रकाशन गरी ठगी भइरहेको भन्दै विभागले प्रेस विज्ञप्ति निकालेको छ। खास गरी दक्षिण कोरिया, पठाउने भनि ठगी भइरहेको विभागको भनाइ छ। सरकारले मौसमी श्रमिकलाई निःशुल्क पठाउने गरी निर्देशिका बनाएको छ।

Read More

काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई पुनः पक्राउ गर्नु नपर्ने र विदेश जान पाउने गरी आदेश गरेको छ । विदेश जाने अनुमति पाएसँगै सन्दीप यूएईमा जारी विश्वकप क्रिकेट लिग २ मा जानसमेत पाउने भएका छन्। न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुँडालको संयुक्त इजलासले सोमबार उक्त आदेश गरेको हो । यसअघि धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेशविरुद्ध सरकारी पक्षले पुनरावेदन गरेको थियो । सन्दीपले पनि विदेश जान लगाइएको प्रतिबन्ध फुकुवाको मागसहित पुनरावेदन गरेका थिए । सर्वोच्चले दुवै मुद्दा एकै ठाउँमा राखेर सुनुवाइ गरेको थियो ।

Read More

काठमाडौं । युएईमा जारी आइसिसी यू–१९ पुरुष विश्वकप क्रिकेटको एसिया छनोट प्रतियोगितामा नेपालले हङकङमाथि सानदार जित निकालेको छ । प्रतियोगितामा लगातार तेस्रो जित निकाल्ने क्रममा नेपालले सोमबार हङकङलाई नौ विकेटले हरायो । युएईस्थिति मलेका क्रिकेट मैदानमा हङकङले दिएको एक सय २१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २२ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । नेपालको जितमा आकाश त्रिपाटीले अर्धशतकीय पारी पूरा गरे । उनले अविजित ५८ रन जोड्ए । उत्तम थापाले अविजित ३९ र अर्जुन कुमाल १६ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको हङकङले ४६.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय २० रन बनाएको थियो । हङकङका…

Read More

काठमाडौं । नेकपा एमालेबाट मन्त्री बनेकाहरूले प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका छन्। सोमबार एमाले सचिवालय बैठकले सरकार छाड्नुका साथै समर्थन फिर्ता लिने निर्णय गरेपछि उनीहरूले राजीनमा बुझाएका हुन्। उपप्रधानमन्त्री विष्णु पौडेलसहित एमालेका सबै मन्त्रीले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएका हुन्। एमालेबाट मन्त्रिपरिषद्‌मा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, कृषि मन्त्री ज्वालाकुमारी शाह, परराष्ट्रमन्त्री विमला राई पौड्याल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी थिए। यस्तै, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, रक्षामन्त्री हरि उप्रेती, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र भूमिसुधार मन्त्री राजेन्द्रकुमार राई रहेका थिए।

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले उपयुक्त समय नआउन्जेलसम्मका लागि सरकारलाई दिएको समर्थन यथावत् राख्ने निर्णय भएको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताए । उनले बैठकले राष्ट्रपति निर्वाचनका लागि नेकपा (एमाले) र नेपाली कांग्रेस दुवै दलले सहयोग मागेपनि अहिलेसम्म पार्टीले कसलाई समर्थन गर्ने भन्ने बारेमा कुनै निर्णय लिई नसकेको स्पष्ट पारे । सहमहामन्त्री बुर्लाकोटीले बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे पार्टी सभापति रवि लामिछानेले ब्रिफिङ गरेका थिए ।

Read More

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकाले किसानहरुलाई व्यवसायिक मौरीपालन सम्बन्धी तालिम दिएको छ । कम्तिमा दुई घारसहित मौरिपालन गरिरहेका पालिका भित्रका किसानलाई तालिम दिइएको हो । सात दिनसम्म सञ्चालन हुने उक्त तालिममा पालिकाभित्रका नौ वटै वडाका ३० जनाको सहभागिता रहेको छ । नौथर सेरास्थित गाउँपालिकाको सभाहलमा आइतबारबाट शुरु भएको तालिमको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले उद्घाटन गरेका छन् । परम्परागत रुपमा मौरी पालन गर्दै आएका कृषकहरुलाई व्यवसायिक वन्न गाउँपालिकाले सिपमूलक तालिमको आयोजना गरेको भन्दै गाउँपालिका अध्यक्ष अधिकारीले यस तालिमले व्यवसाय प्रवद्र्धन सँगै आयआर्जनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । सामाजिक विकास समितिका अध्यक्ष अम्बिका मरहठ्ठाको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा गाउँपालिका…

Read More

काठमाडौं । नेकपा एमालेले सरकारबाट बाहिरिने भएको छ । सोमबार बसेको पार्टी सचिवालयको आकस्मिक बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । मन्त्रीहरुले आजै राजीनामा बुझाउने भएका छन् । त्यस्तै नेकपा एमालेले प्रचण्ड नेतृत्वमाथिको समर्थन पनि फिर्ता लिएको छ ।

Read More